Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु एकजना गम्भीर घाइते

 

काठमाडौँ : तनहुँको आँबुखैरेनी गाउँपालिका- ३ खत्रीटोलमा गएराति भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ। एकजना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार गएराति करिब ११ः४५ बजे ग २६ प २२११ नम्बरको मोटरसाइकल खत्रीटोलबाट पृथ्वीराजमार्गतर्फ जाँदै गर्दा अनियन्त्रित भई सडकछेउको घरको भित्तामा ठोक्किएको हो।

दुर्घटनामा रूपन्देहीको बुटवल खैरहनी घर भई हाल आँबुखैरेनी गाउँपालिका- २ बसपार्कमा बस्दै आएका २८ वर्षका विजय तामाङ गम्भीर घाइते भएका थिए।

उपचारका क्रममा उनलाई राति नै आँबुखैरेनी अस्पतालका चिकित्सकले मृत घोषणा गरेको सूचना अधिकारी बिकले जानकारी दिए।

मोटरसाइकल पछाडि बसेका गोरखा शहीद लखन गाउँपालिका–९ घर भई हाल आँबुखैरेनी गाउँपालिका-३ बस्ने २२ वर्षीय विप्लव गुरुङ गम्भीर घाइते भएका छन्। उनलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि भरतपुरस्थित चितवन मेडिकल कलेजमा रेफर गरिएको प्रहरीले जनाएको छ । थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP