Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

टिपर दुर्घटना हुँदा चालक सहित दुईजना घाइते

 

सङ्खुवासभा : कोशी राजमार्गअन्तर्गत सभाखोला–लेगुवा सडकको सङ्खुवासभाको चैनपुर नगरपालिका–११ स्थित पुलडाँडामा टिपर दुर्घटना हुँदा दुईजना घाइते भएका छन्।

आज बिहान साढे ११ बजे लेगुवाबाट खाँदबारीतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ क २९२६ नम्बर टिपर दुर्घटना हुँदा चालक सहित दुईजना घाइते भएका हुन्।

दुर्घटनामा परेर टिपर चालक सिन्धुली नगरपालिका–१२ का ३० वर्षीय चुक्तबहादुर राउत र सहचालक भोजपुरको ट्याम्केमयुम गाउँपालिका–९ का २८ वर्षीय रविन फुयाल घाइते भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रामकुार लामिछानेले बताए।

घाइतेमध्ये सहचालक ट्याम्केमयुम–९ का २८ वर्षीय फुयाल गम्भीर घाइते भएको निमित्त प्रहरी प्रमुख लामिछाने बताए। उनको टाउको र शरीरका विभिन्न भागका चोट लागेको छ।

त्यसैगरी चालक राउतको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।

घाइते दुबैजनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पताल सङ्खुवासभा ल्याइएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP