Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

तिहारमा चिनीको अभाव र मूल्यवृद्धिको मारमा उपभोक्ता नपर्ने

 

काठमाडौँ : नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिदै गर्दा पर्वत घर भई काठमाडौं बस्दै आएकी गीता न्यौपानेलाई बजारमा तेलचिनीको अभाव र मूल्य बढ्ने चिन्ता छ।

‘तिहारको मुखमा चिनीको भाउ बढ्ने, कुनै वर्ष त भने जति पाउन पनि गाह्रो भयो, उनले भनिन्, त्यही पीरले यो पाली अहिले नै किनेर जोहो गर्दै छु।’

बानेश्वरमा किनमेल गर्दै गरेकी मुना थापा मिठाई बनाउन मैदा, आटा, तेल किनेर चिनी जोखाउँदै थिइन्। अघिल्ला वर्षहरूको अप्ठ्यारोले यसपटक उनलाई झस्काएको छ।

‘यो बेला धेरै चाहिन्छ, अनि यही बेला किलोमै दश बीस रुपैयाँ बढाइदिन्छन्, बेलैमा चाहिएजति किने ढुक्क’‚ पसले सँग उनी भन्दै थिइन्। गीता र मुनालाई जस्तै धेरै उपभोक्तालाई चाडपर्वका बेला आवश्यक खाद्यान्न नपाउने, पाइहाले पनि धेरै मूल्य तिर्नुपर्ने चिन्ता हुन्छ।

योपटक तिहारमा चिनीको अभाव र मूल्यवृद्धिको मारमा उपभोक्ता नपर्ने सम्बद्ध सरकारी निकायका अधिकारीहरूको भनाइ छ।

चिनी पर्याप्त छ : अभाव हुन्न

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनसँग चिनी पर्याप्त रहेको र भारतबाट नियमित रुपमा आयात पनि भइरहेकाले यस वर्ष तिहार र छठ पर्वमा चिनी अभाव नहुने जनाएको छ।

‘हामीसँग मौज्दात पर्याप्त छ, त्यसैले चिनी अभाव हुँदैन’, मन्त्रालयकी सूचना अधिकारी उपसचिव लक्ष्मीकुमारी शाहीले भनिन्, ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जेन–जी आन्दोलनका क्रममा लुटपाट भएको परिमाण थप खरिद गर्ने गरी प्रकृया अगाडि बढाइसकेको र मौज्दात पनि पर्याप्त रहेको जानकारी गराएको छ, चिनीमा समस्या हुँदैन।’

बढेको छैन मूल्य

उनले भनिन्‚ ‘वाणिज्य विभागले अनुगमन गरिरहेको छ। ’

‘खाद्य व्यवस्थाले सुपथ मूल्य पसलहरु पनि विभिन्न ठाउँमा रोखकै छन्, बाहिर हुनसक्ने मूल्यवृद्धिलाई मध्यनजर गर्दै वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागले पनि व्यापक मात्रामा अनुगमन गरिरहेकाले अहिलेको अवस्थामा मूल्यवृद्धि छैन’‚ उपसचिव शर्माले भनिन्।

खाद्यसँग पर्याप्त चिनी रहेकोले अभावको अवस्था नरहेको कम्पनीका सूचना अधिकारी माधव मिश्रले बताए। कम्पनीको बिक्री वितरण विभागका विभागीय प्रमुख भीम बहादुर थापाका अनुसार खाद्यसँग अहिले २४ सय क्विन्टल चिनी गोदाममा छ।

‘थप ५ हजार क्विन्टल जुनसुकै बेलामा ल्याउन सक्ने गरी लुम्बिनी चिनी कारखानाको एग्रिमेन्ट अनुसार राखिएको छ, हामीसँग भएको नसकिँदै लुम्बिनीको गोदाम चिनी पनि यता सार्छौँ।’

साल्ट ट्रेडिङबाट मैदा ल्याएर बिक्री गरिरहेको उनले बताए। ‘हामीले मागेजति मैदा दिइरहनुभएको छ, हामीले पनि उपभोक्तालाई चाहिएको परिमाणमा चिनी दिइरहेका छौं। तिहारलाई मैदा र चिनीको अभाव हुँदैन, मूल्य पनि बढ्दैन’‚ उनले थपे ।

खाद्य ले अघिल्लो वर्ष हामीले ११ हजार क्विन्टल चिनी ल्याएका थियौँ। खाद्यले कर्णाली समेतमा चिनी पुर्‍याइरहेको उनले बताए। सरकारले चिनीको भन्सार मूल्यमा ५० प्रतिशत कटौती (३० बाट १५ प्रतिशतमा झारेपछि) गरेसँगै व्यापारीले पर्याप्त मात्रामा चिनी आयात गरेका छन्।

भन्सार विभागको तथ्यांक हेर्दा चालु आर्थिक वर्षमा मात्रै भारतबाट ४० करोड १३ लाख रुपैयाँभन्दा बढीको ६० लाख ५४ हजार १९० किलो चिनी आयात भइसकेको छ।

मुलुकभित्र सामान्यतः एक महिनामा १८ देखि २० हजार मेट्रिक टन चिनी खपत हुने गरेकोमा चाडपर्वका बेला ३० हजार टनसम्म चिनी खपत हुने गरेको अनुमान छ।

कति पर्छ एक किलो चिनीलाई?

खाद्यले अहिले प्रति किलो ९५ रूपैयाँ (५ रुपैयाँ छुटसहित) मा चिनी बिक्री गरिरहेको छ भन साल्टले पनि ९५ रूपैयाँमै चिनी दिइरहेको छ।

विगतका वर्षहरूमा व्यापारीहरूले चाडबाडका बेला कृत्रिम अभाव सिर्जना गरी बजारमा मूल्य बढाउने गरेका थिए। जसका कारण गत वर्ष चिनीको मूल्य प्रतिकिलो १२० रुपैयाँसम्म पुगेको थियो।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP