काठमाडौं : जावलाखेल फुटबल मैदानमा जारी फ्लोरिकल्चर एशोसिएशन नेपालको गोदावरी फूल प्रदर्शनीमा ५० प्रकारका गोदावरी फूलहरू रहेको व्यवसायीहरूले बताएका छन्।
१८ औं संस्करणको उक्त मेलामा गोदावरी र अन्य प्रजातिका गरी ४ सय ५० फूलहरू उपलब्ध रहेको आयोजकले जनाएको हो। गोदावरी फूलको विशेष प्रदर्शनी रहे पनि अन्य प्रजातिका फूलहरू पनि तिहार र छठ विशेषका लागि राखिएको व्यवसायीहरूको भनाइ छ।
फूल व्यवसायी कुमार बस्नेतले आफूसँग चालिसदेखि पचास प्रजातिका गोदावरी फूलहरू उपलब्ध रहेको बताए। उहाँले गत वर्ष प्रदर्शनीबाट पाँच लाख भन्दा बढी कारोबार गरेको जानकारी दिनुभयो। यस वर्ष पनि कारोबार राम्रो हुनेमा आफू आशावादी रहेको उनको भनाई छ।
दुई सयदेखि पन्ध्र हजारसम्मका फूलहरू आफूसँग उपलब्ध रहेको अर्का फूल व्यवसायी ढकबहादुर कार्की बताउँछन्। चाड पर्वहरूमा आवश्यक पर्ने फूलको माग पूर्ति गर्ने उद्देश्य रहेको बताउँदै व्यवसायी कार्कीले आफ्नो स्टलमा विभिन्न प्रजातिका गोदावरी, सयपत्री लगायतका फूलहरू रहेको जानकारी दिए।
घर सजाउन प्रयोग गरिनेदेखि विभिन्न प्रजातिका फूलहरू यस मेलामा उपलब्ध रहेको अर्का फूल व्यवसायी कृष्णराम थापाले बताए। यो मेला पुष्पमा रमाउने मानिसहरूले छुटाउन नहुने उनको सुझाव छ। प्रदर्शनीमा बजारको भन्दा सुलभ मूल्यमा फूलहरू पाइने उनको भनाइ छ।
फूल फुल्ने, फूल नफुल्ने र फलहरू गरी तीन प्रजातीका बिरुवाहरू आफूसँग उपलब्ध रहेको अर्का फूल व्यवसायी सुशील खड्काले बताए। प्रदर्शनी प्रतिस्पर्धात्मक भन्दा व्यापारिक प्रयोजनका लागि भएको बताए। आफूसँग सयदेखि पचास हजारसम्मका बिरुवाहरू उपलब्ध रहेको बताउँदै उहाँले आफूसँग पच्चिसदेखि तीस प्रजातिका बिरुवाहरू उपलब्ध रहेको बताए।
असोज २९ देखि शुरु भएको मेला कार्तिक २ गतेसम्म चल्नेछ। पाँच दिनसम्म सञ्चालन हुने यस गोदावरी फूलको प्रदर्शनीमा चालिस हजार बढीले प्रत्यक्ष अवलोकन गर्ने आँकलन आयोजकको छ। साथै एक करोड तीस लाख भन्दा बढीको व्यवसायीक कारोबार हुने आयोजकको अपेक्षा छ। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया