काठमाडौँ : मोरङ जिल्लाको सुन्दरहरैँचामा पछिल्लो २४ घण्टामा २४८ मिलिमिटर वर्षा भएको छ।
सो क्षेत्रमा वर्षा बढ्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मोन्था चक्रवातका कारण देशभर बदली भएको र पूर्वी नेपालमा भारी वर्षा भइरहेको छ। हरैँचालगायत केही क्षेत्रमा अति धेरै भारी वर्षा भइरहेको छ।
यस्तै आजै झापामा १४८, उदयपुरमा १०३, सप्तरीमा १५३ र गोरखामा १०३ मिलिमिटर वर्षा भइसकेको छ। सो क्षेत्रमा वर्षा बढ्दो क्रममा रहेको छ।
कोशी र मधेश प्रदेशमा आज रातिसम्मै वर्षाको जोखिम रहेको विभागको अभिलेखमा उल्लेख छ। आज साँझबाट मौसम सुधार हुँदै जाने जनाइएको छ। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया