Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

वडाङ्मेटको अवसरमा नगरपालिकाले दुई दिन सार्वजनिक बिदा

 

धनकुटा : धनकुटा नगरपालिकाले बुधबार र बिहीबार नगर क्षेत्रमा सार्वजनिक बिदा दिएको छ। आठपहरिया जातिको मुख्य चाड वडाङ्मेटको अवसरमा नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको हो। धनकुटा नगर क्षेत्रमा मुख्य बसोवास गर्ने आठ पहरिया जातिको प्रमुख चाड भएकाले वडाङ्मेटको अवसरमा कात्तिक १९ र २० गते सार्वजनिक विदा दिइएको धनकुटा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दशरथ राईले जानकारी दिए।

वडाङ्मेटमा हामीले हरेक वर्ष सार्वजनिक बिदा दिँदै आएको र यो वर्ष पनि दुई दिन सार्वजनिक बिदा दिने निर्णय भएको राईले बताए। बिदामा नगर कार्यपालिकाको कार्यालय, १० वटै वडा कार्यालय, नगरस्तरीय कार्यालय र विद्यालयहरू बन्द हुनेछन्।

धनकुटा नगरपालिका क्षेत्रलाई आफ्नो उद्गम स्थल मान्दै आएका आठपहरियाहरूले धुमधामका साथ वडाङ्मेट पर्व मनाउने गरेका छन्। जस अन्तरगत वर्षभरि बाबु वा आमा गुमाउनेका परिवार आइतबार धनकुटाबाट सुनसरीको बराहक्षेत्रतर्फ पैदलयात्रामा हिँडेका छन्।

उनीहरू हिँडेको ४ दिनमा धनकुटा आइपुग्ने आठपहरियाका पुजारी उमेश आठपहरियाले जानकारी दिए। आइतबार बेलुका धनकुटाको साँगुरीगढी–९ आहाले र भञ्ज्याङ (सिमलबाँस) माबास बस्ने छन्। सोमबार बराह क्षेत्र पुगेर कोकाहाखोलामा कपाल दाह्री खौरिएर स्नान गरेर बराह भगवानको दर्शन गरेर सोही ठाउँमा बास बस्रे र मंगलबार देउता लिएर फर्की धनकुटा नगरपालिका वडा नं. ९ मूलघाटमा बास बसेर बुधबार घर आइपुग्ने पुजारी आठपहरियाले बताए। बास बस्दा खुल्लाआकासमा बस्नुपर्ने तथा अरुले प्रयोग गरेको सामान प्रयोग गर्न नहुने मान्यता रहेको छ।

उनीहरू धनकुटा आइपुगेपछि दुःखको कर्म फुकाउने तथाभोज खुवाउने र नाचगानको कार्यक्रम सुरु हुन्छ। यो क्रम १५ दिन सम्मजारी रहन्छ। चाडका अवसरमा आठपहरिया जातिभित्रको हुम्वारक, छिर्लिङे, खावाडो तीन पाछा अर्थात् पुस्ताको डल्ले नाच नाच्ने चलन छ।  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP