Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

अन्नको विभिन्न परिकार बनाएर पहिलो चोटी आफ्नो कुलदेवतालाई चढाउने परम्परा

 

फुङ्लिङ : नयाँ उत्पादन भएको अन्नबालीको पूजा गर्न यहाँका लिम्बू समुदायहरुले चासोक तङनाम पर्व मनाउन थालेका छन्।

किसानले अन्नबाली घर भित्रयाएसँगै धिसोक चासोक (पाकेका अन्नबाट पहिले न्वागी) कुल देवतालाई चढाउने कार्यलाई लिम्बू समुदायहरुले चासोक भन्ने गर्छ। लिम्बू जातीले खेतीपाती गरेको अन्नबाली घर भित्रयाएपछि अन्नको विभिन्न परिकार बनाएर पहिलो चोटी आफ्नो कुलदेवतालाई चढाउने परम्परा रहेको छ। किराँत समुदायले अन्नबाली मङ्सिर पूर्णिमा अगाडि नै घर भित्र्याइसकेको हुन्छ।

सप्रेका (ठूला–ठूला कोदो बाला) धानको बाला टिपेर चोखो पारी जाँड बनाउने गर्दछन्। लिम्बू समुदायका बिजुवा (पुजारी) घर बोलाएर कुलदेवतालाई चढाउने गर्दछन्। वर्षमा पाकेको कोदोलाई जाँड बनाएर देवतालाई न्वागी चढाउनुलाई लिम्बू समुदायमा थिसोक भनिन्छ। अन्नको भात पकाएर चढाउनुलाई चासोक भनिन्छ।

याक्थुङचुम्लुङका जिल्ला अध्यक्ष हाङमाया लेक्षर्बोका अनुसार प्रत्येक घरमा एक वर्ष पहिला पाकेको अन्न कुलदेवतालाई चढाएर मात्र आफूलाई अन्नको उपभोग गरिन्छ। लिम्बू समुदाय आफ्नै मौलिक संस्कृति र संस्कार रहेको यो जातिले विभिन्न पेशा र जीवनशैली अपनाउँदै आएका छन्। कृषिमा आधारित जीवनशैली अपनाउने यो जाति प्रकृति पूजकका रूपमा पनि रहेका छन्। लिम्बू समुदायका चाडपर्व कृषिमा आधारित छन्। ऋतु परिवर्तन सँगसँगै खेतीपाती र जीवनयापनमा पर्ने असर र फेरबदलमा लिम्बू चाडपर्वका अर्थ जोडिएको लेछर्बोले बताउँछन्।

लिम्बू समुदायले महान् चाडको रूपमा मान्दै आएको चाड हो चासोक तङ्नाम। चासोक तङ्नाम (न्वागी) पूजा उद्यौली याममा बालीनाली भित्र्याउने वेलामा सम्पन्न गरिन्छ। चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ। चासोक भन्नाले उब्जाइएको फलाइएको नयाँ अन्नबाली चढाउने पूजा हो भने तङनाम भनेको पर्व (चाड) हो।  थाहा खबर 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP