Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

टीकापुर पार्कमा छन् अनेक घुम्नलायक ठाउँ

 

कैलाली : जिल्लाको टीकापुरमा वि.सं. २०२८ सालमा स्थापना गरिएको टीकापुर पार्कमा घुम्न र हेर्नलायक धेरै कुरा छन्। पार्कमा महेन्द्र आरोग्य गृह, रत्न उद्यान, वीरेन्द्र विश्राम बाटिका, ऐश्वर्य उद्यान, वीरेन्द्र विश्राम वाटिका लगायतका संरचना छन्। त्यसबेलाका राजाहरू यहाँ आएर बसेका कारण उनीहरूकै नाममा संरचना बनाइएको छ।

टीकापुर बजारदेखि दक्षिणपूर्वी क्षेत्रमा रहेको यो पार्कमा तत्कालीन राजा महेन्द्रले एक महिना बसेर स्वास्थ्य लाभ गरेका थिए। राजालाई आराम गर्नको लागि रातारात काठको घर बनाइएको थियो। त्यही घर महेन्द्र आरोग्य गृह हो। राजा महेन्द्रले त्यसबेला टीकापुरबाटै राजकाज चलाएका थिए। पछि राजा वीरेन्द्रका लागि पनि वीरेन्द्र विश्राम बाटिका बनाइयो।

२०२८ सालमा भौतिक योजना तथा निर्माण मन्त्रालय अन्तर्गत टीकापुर विकास समिति स्थापना भयो। समितिलाई १ सय ७३ बिघासहित सहरी विकास गर्ने अधिकार सरकारले दिएको थियो। पार्क अहिले ८५ बिघामा फैलिएको छ। जसमध्ये बंगला क्षेत्र, नर्सरी र बगैंचाले करिब १३ बिघा ओगटेको छ।

पार्कमा रहेका गुलाब र पार्कसँगैको कर्णाली नदीले पनि पर्यटकलाई लोभ्याइरहेको छ। कर्णाली किनारमा अवस्थित गुलाबको बगैंचाका रुपमा परिचित टीकापुर पार्कमा वनभोज खानेहरूको पनि भिड लाग्छ। यो पार्कको नौ बिगाहा क्षेत्रफलमा फलफूल र फूलको बगैँचा छ।

पूर्व-पश्चिम हुलाकी राजमार्ग अन्तर्गत बर्दिया र कैलाली जोड्ने राजापुरस्थित सतिघाटमा पुल निर्माण भएको छ। बर्दिया सदरमुकाम गुलरियाबाट ३८ किलोमिटर पश्चिममा राजापुर र सतिघाट जोड्ने पुल पर्दछ। यो पुल सन्चालन भएपछि टीकापुर पुग्ने पर्यटक उल्लेख्य बढ्ने अपेक्षा गरिएको थियो। तर त्यस अनुसार बढ्न सकेका छैनन्।

टीकापुर पार्क नेपालकै सबैभन्दा ठूलो मानव निर्मित पार्क हो। यहाँ घुम्नका लागि अनेक संरचना छन्। तैपनि अपेक्षाकृत रुपमा यहाँ पर्यटक बढ्न सकेका भने छैनन्। यसका लागि प्रभावकारी प्रचारप्रसार हुन नसकेको स्थानीय सरोकारवालाको बुझाइ छ।  थाहा खबर 

 

 

 

 

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP