Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

कोशी प्रदेशबाट एक लाख ५७ हजार ६१३ जनाले मतदाता नामावली

 

विराटनगर : कोशी प्रदेशबाट एक लाख ५७ हजार ६१३ जनाले मतदाता नामावलीका लागि निवेदन दिएका छन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी गत असोज १० गतेदेखि मतदाता नामावली सङ्कलन सुरु गरिएको थियो। मङ्सिर ५ गतेसम्मको अवधिमा कोशी प्रदेशका जिल्ला, प्रदेश निर्वाचन कार्यालयबाट र राष्ट्रिय परिचयपत्रका आधारमा अनलाइनमार्फत मतदाता नामावली दर्ताका लागि निवेदन दिइएको हो।

निर्वाचन कार्यालयमा पुगेर ५८ हजार ९२५ जनाले तथा अनलाइनमार्फत ९८ हजार ६८८ जनाले नामावली दर्ताका लागि निवेदन दिएका छन्। मतदाता नामावली दर्ताका लागि निर्वाचन कार्यालयमार्फत र अनलाइन दुवै गरी ताप्लेजुङबाट तीन हजार, पाँचथरबाट चार हजार ३८९, इलामबाट ६ हजार ६४, सङ्खुवासभाबाट दुई हजार ८०८, तेह्रथुमबाट तीन हजार ६७७, धनकुटाबाट तीन हजार २७२, भोजपुरबाट दुई हजार ९०९, खोटाङबाट चार हजार १६२, सोलुबाट ५८०, ओखलढुङ्गाबाट पाँच हजार ९३२, उदयपुरबाट आठ हजार ७१७, झापाबाट ३५ हजार ३१९, सुनसरीबाट ३२ हजार ३८२ र प्रदेश निर्वाचन कार्यालय विराटनगरबाट ४४ हजार ४०२ जनाले निवेदन दिएका छन्।

निर्वाचन आयोगले आफू बसेको स्थानको निर्वाचन कार्यालयबाट वा कुनै आफ्नो अनुकूल पर्ने निर्वाचन कार्यालयबाट आवेदन दिन सक्ने व्यवस्था गरेको थियो। प्रदेश निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी तीर्थ अधिकारीका अनुसार सोह्र वर्ष पूरा भई नागरिकता प्राप्त गरेका नागरिकले मतदाता नामावलीमा नाम दर्ता गरे पनि फागुन २० गतेसम्म १८ वर्ष पूरा भएकाहरू मात्रै फागुन २१ गतेको निर्वाचनको मतदाता हुन पाउने छन्। अहिले मतदाताको नामावली अद्यावधिक गर्ने काम भइरहेको उनले जानकारी दिए।

सूचना अधिकारी अधिकारीका अनुसार निवेदन दिनेहरू दोहोरिएको हुनसक्ने, पायक पर्ने स्थानबाट नामावली दर्ताका लागि निवेदन दिए पनि अन्यत्र जिल्लाको पनि मतदाता हुने, त्रुटि भएकाको सच्याइने र ठाउँ सारी भएका सबैको अद्यावधिक गरी यही मङ्सिर २० गते निर्वाचन आयोगमा अन्तिम नामावली पठाइने छ। गत असोज १० गतेअघिसम्म कोशी प्रदेशमा ३४ लाख ३३ हजार ९०० मतदाता थिए।  थाहा खबर 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP