Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

गाउँमा महिलाहरूकै अनुपस्थितिमा सुनको गहना धेरै लगाउन नपाइने

 

 

एजेन्सी : बजारमा यतिबेला सुनको मूल्य आकासिएको छ। भाउ चर्किँदै गर्दा सुनको गहनाका पारखीहरू निराश देखिन्छन् तर एउटा गाउँ छ, जहाँ धेरै सुन लगाउनै पाइँदैन।

भारतको उत्तराखण्डका आदिवासी क्षेत्रका किसानले सुनको प्रयोगलाई लिएर नयाँ दृष्टिकोण अपनाएका छन्। आदिवासी क्षेत्र जौनसर बावरका किसानहरूले गाउँको समृद्धि कायम राख्न गहनाको प्रयोगलाई सीमित गरेका छन्। सुन विशेषगरी महिलाको रुचिमा परेको देखिन्छ तथापि यो गाउँमा महिलाहरूकै अनुपस्थितिमा सुनको गहना धेरै लगाउन नपाइने निर्णय गरियो।

पछिल्लो समय सुनको भाउ चर्किएपछि चिन्तित, कन्दाड र इन्द्रावली गाउँका पुरुषहरूले एउटा बैठक डाके। बैठक यस्तो बेला राखियो जुन समयमा विवाहका लागि साइत निकाल्ने क्रम सुरु भइसकेको थियो । अर्थात् विवाहको सिजन अनि गाउँका दुई परिवारमा विवाह पहिले नै तय भइसकेको थियो।

सुन आफूहरूको पहुँच बाहिर गएको देखेर पुरुषहरू चिन्तित थिए र गहनाको विषयलाई लिएर परिवारमै विवाद भइरहेका थिए। दुवै गाउँका पञ्चायत प्रमुख ‘स्याना जी’ को अध्यक्षतामा भएको बैठकमा, पुरुषहरूले ‘अब विवाहमा महिलाहरूले तीनवटा गहना मात्र लगाउनेछन्’ भनी सर्वसम्मत निर्णय गरे। ती गहनामा नाकमा फूली, कानमा झुम्का र गलामा मंगलसूत्र तोकियो।

कन्दाड र इन्द्रावली गाउँहरू उत्तराखण्डको जौनसर बावरको आदिवासी क्षेत्रको हिस्सा हुन्। देहरादुन जिल्लाको चक्राता तहसीलमा रहेको टोन्स र यमुना नदीको बीचमा अवस्थित यो क्षेत्र आफ्नो विशेष र अनौठो सांस्कृतिक, सामाजिक परिवेश, सामूहिक भावना र उत्सवको आनन्द लिनका लागि परिचित छ।

किसानले सुन कसरी किन्नेछन्?

कन्दाड ग्राम सभामा कान्दाड र कन्दाड र इन्द्रावलीसहित चार गाउँ छन्, जहाँ ६५ भन्दा बढी परिवार बस्छन् र मतदाताहरूको संख्या लगभग ६५० छ।
गाउँका कामकाजी मान्छेहरूले गहना खरिद गर्न सके पनि किसानहरू सक्दैनन्। यसैलाई मध्यनजर गर्दै सुनका गहना लगाउनै सीमितता तोक्ने निर्णय गरियो।

‘त्यसपछि विवाह जस्ता समारोहमा महिलाहरूले नाक, कान र घाँटी गरी मात्र तीनवटा गहना लगाउने निर्णय गरियो’‚ मुखिया अर्जुन सिंहले भने। उनका अनुसार परम्परागत रूपमा गाउँको बैठकमा महिलाहरूलाई सहभागिता गराइँदैन र त्यहाँ भाग लिने पुरुषहरूले नै निर्णय लिन्छन्।

यदि कसैले बैठकले गरेको निर्णय अवज्ञा गरे तीनलाई ५० हजार रुपैयाँ जरिवाना तोकिएको छ। ​कन्दाड गाउँका पुरुष यो निर्णयबाट खुसी देखिन्छन् र महिलाहरू यसको पछाडिको तर्कसँग सहमत छन्। यद्यपि, उनीहरूको सहमतिमा निराशाको संकेत स्पष्ट छ।

“हामीले गाउँलेहरूको निर्णय स्वीकार गर्‍यौँ। तर उनीहरुले हाम्रा सबै गहनाहरू खोसेर लगेपछि निकै नराम्रो त लाग्यो, तर यो राम्रो पनि भयो, किनभने जोसँग पैसा छैन, उनीहरुले कसरी गहना बनाउन सक्छन् ?’ मुखिया पत्नी अनारी देवी भन्छिन्।

उनी गहना महिलाहरूको सम्पत्ति ठान्छिन् र कुनै बेला अप्ठेरो पर्दा, रोग लागेर उपचार गराउन पर्दा, घर बनाउँदा तिनै महिलाका गहना काम आउने उनी बताउँछिन्।

गाउँ पञ्चायतको निर्णय सबैभन्दा पहिले गाउँका मुखियाकै परिवारमा लागू गरिएको थियो। लगभग २० दिनपछि अक्टोबर २९–३० मा स्याना अर्जुन सिंह रावतका दुई छोराको विवाह भयो।

चक्राताको भांगर गाउँबाट कन्दाडकी बुहारी बन्न पुगेकी रेखा चौहानले आफ्नो गहना हेर्दै भनिन्, “गहनाले सुन्दरता बढाउँछ। केही महिला गहना सीमित होस् भन्ने चाहन्छन्। एक हिसाबले यो राम्रै निर्णय भयो, किनकि सबैको आर्थिक अवस्था एउटै हुँदैन।’

सामाजिक समानताका लागि प्रयास

सन् २००० मा सुनको मूल्य भारतमा प्रति १० ग्राम ५ हजार रुपैयाँभन्दा कम थियो। २०२५ सम्म यो प्रति १० ग्राम १ लाख रुपैयाँ नाघ्यो। जुन गतिमा सुनको मूल्य बढ्यो, त्यसको तुलनामा किसानको आम्दानी निकै पछाडि रह्यो।

जौनसर बावर उन्नत कृषिको लागि परिचित छ। जब चाडपर्व वा विवाह हुन्छ, गाउँका सबै महिला भेला हुन्छन्, गीत गाउँछन्, आफ्ना गहना लगाउँछन् जुन अप्ठेरोमा व्यवहार टार्न पनि काम आउँछ। यद्यपि गाउँका धेरैजसो महिला सुनको गहनामा गरिएको सीमितता सम्बन्धमा मौन बस्न रुचाउँछन्।
गाउँका पुरुष किसानहरू ‘सुनको गहनाले धनी र गरिबबीचको खाडल बढाइरहेको’ ठान्छन्।

कन्दाड गाउँका जीतसिंह रावत किसान हुन्। उनका एक भाइ देहरादुन शहरमा बैंक प्रबन्धक र अर्को भाइ सरकारी जागिरे छन्। ‘सुनको मूल्य हाम्रो वार्षिक आम्दानीभन्दा बढी छ, हामीले सुन कहाँबाट ल्याउन सक्छौं? उनी भन्छन्।

शहरमा बस्ने जागिरे परिवारका महिलाहरूको तुलनामा खेती किसानी महिलाहरू गहनामा निकै पछाडि पर्छन्। ‘जब कुनै विवाह समारोहमा परिवारका सबै महिलाहरू भेला हुन्छन्, शहरहरूमा बस्ने हाम्रा भाउजूहरूले रानीहार, ठूला झुम्का, नथी लगाएका हुन्छन् तर हामी दिनरात खेतमा काम गर्नेले रानीहार किन्न सक्दैनौँ। त्यसैले कुनै पनि महिलाले आफूसँग कम गहना छ र अरू कसैसँग बढी छ भन्ने महसुस गरेर खिन्न हुन नपरोस् भनेर हामीले यस्तो निर्णय लिएका हौँ’ जीत सिंहले भने।

सामाजिक कार्यकर्ता दीपा कौशलमका अनुसार जौनसर बावर एउटा धेरै व्यवस्थित समाज हो, जसले सधैं आफ्ना लागि आफैं निर्णय लिएको छ। ‘गहनाको बारेमा परिवारहरूभित्र द्वन्द्व हुने गरेकाले यस्तो निर्णय लिइएको हुनुपर्छ’ उनले भनिन् ।

सुन एक प्रकारको सम्पत्ति भएको बताउँदै उनले आवश्यकता पर्दा यसको लाभ पुरुषले समेत लिने बताउँछिन्। ‘यो महिलाको अस्तित्वसँग जोडिएको छैन।महिलाको वास्तविक सम्पत्ति उनीहरूको आत्मविश्वास, शिक्षा, समाजमा उनीहरूको स्थान र निर्णय गर्ने क्षमतामा छन, सुन लगाउनुमा होइन’ उनले थपिन्।

किन मदिरा प्रतिबन्ध नगर्ने ?

गहनाको सम्बन्धमा गरिएको यो निर्णयले जौनसर बावर गाउँमा निकै हंगामा मच्याएको छ।

अहिले गाउँमा ‘यदि घरायसी कलह र खर्चका कारण गहना सीमित गर्ने (धेरै गहना लगाउन प्रतिबन्ध) काम भइरहेको छ भने रक्सीमा प्रतिबन्ध किन नगर्ने ?’ भन्ने माग पनि उठिरहेको छ।

कन्दाड गाउँका टिकम सिंह आफ्नो क्षेत्रका युवाहरू रक्सीले बर्बाद भइरहेको कुरामा सहमत छन्। “हामी नक्कली रक्सी (वाइन पसलबाट खरिद गरिएको) को प्रयोगमा प्रतिबन्ध लगाउने तयारी गरिरहेका छौं, उनले भने ।  थाहा खबर 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP