Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

पुरानो व्यापारिक केन्द्र हो काठमाडौं को असन र इन्द्रचोक

  काठमाडौं : देशकै प्रमुख र पुरानो व्यापारिक केन्द्र हो काठमाडौं को असन र इन्द्रचोक क्षेत्र। लिच्छविकालदेखि नै व्यापारका लागि चर्चित असन इन्द्रचोक क्षेत्र मल्लकालसम्म आइपुग्दा दक्षिणमा भारत र उत्तरमा तिब्बतसँगको मुख्य व्यापारिक केन्द्र रूप स्थापित भएको थियो। दिनको समयमा जति गुल्जार बन्छ असन इन्द्रचोक क्षेत्र बिहान र साँझको समयमा पनि त्यस्तै रहने गर्दछ। असनदेखि इन्द्रचोकसम्मको करिब दुई सय मिटरको दूरीमा विभिन्न भाँडाकुँडा, लत्ताकपडा लगायत नुन देखि सुन सम्म पाइने गर्दछ। त्यसैले त यो क्षेत्र विभिन्न चाडपर्वमा किनमेल गर्न आउनेहरूको निकै बाक्लो भीड लाग्ने गर्दछ। बिहानको समयमा भने अधिकांश हरिया सागसब्जी, विभिन्न तरकारी, फलफूल लगायत ताततातो सेल रोटी सम्म किन्न र खाना पाइन्छ। बिहानी समयको व्यापारलाई व्यवस्थित गर्न काठमाडौं महानगरपालिकाले समयसीमा निर्धारण गरेको छ। लामो समय देखि इन्द्रचोक क्षेत्रमा बिहानको समयमा तरकारी बिक्री गर्दै आएका श्रीराम रायमाझीका अनुसार एक वर्ष अगाडि सम्म ९ बजे सम्म व्यापार गर्न पाइन्थ्यो पनि अहिले भने समय घटाएर ८ बजे सम्म मात्र व्यापार गर्न पाइने नियम लागू भएको बताए। जाडोयाम सुरु भएको छ, मानिसहरू ७ देखि ७:३० तिर मात्र किनमेल गर्न आउँछन्, र ८ बजे त पसल उठाई सक्नु पर्छ, जसले गर्दा राम्रोसँग व्यापार गर्न नपाएको उनको भनाई छ। काठमाडौंमा सहरीकरणसँगै विभिन्न सपिङ मल र व्यापारिक कम्प्लेक्स थपिएका छन् तर पनि असन इन्द्रचोक क्षेत्रमा भने यसको खासै प्रभाव देखिँदैन, यस क्षेत्रमा बिहान देखि साँझसम्मै ग्राहकको भिड लाग्ने गर्दछ। असन इन्द्रचोक बजारमा आमग्राहकले खोजेको सामान सहजै पाइने हुनाले पनि यो सधैं गुल्जार हुने गरेको छ। अधिकांश व्यापारिक अनुसार बिहानको व्यापार गर्ने समय केही थप गरिदिए बिक्रीका लागि ल्याइएको सामग्री फिर्ता लाग्न नपर्ने थियो। अहिले व्यापारको समय ८ बजे सम्म निर्धारण गरिए पनि ७:४५ देखि नै नगरप्रहरी पसल उठाउन सिट्टी बजाउँदै आउने व्यापारीहरूले बताए। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP