Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

रुपन्देहीमा १७ वर्षीय युवकको वीभत्स हत्या

 

काठमाडौं : रुपन्देहीमा १७ वर्षीय युवकको वीभत्स हत्या भएको छ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार कञ्चन गाउँपालिका वडा नम्बर ३ धौलागिरीचोकका १७ वर्षीय ईशान शर्मा पौडेलको शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदीप क्षेत्रीका अनुसार बिहीबार साँझ हत्या गरिएको अवस्थामा ईशानको शव नालीमा फेला परेको जानकारी दिए।

‘टाउकोमा प्रहार गरेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ। प्रहरीले उक्त घटनामा संलग्नहरूको खोजी गरिरहेको छ,’ क्षेत्रीले भने।

प्रहरीका अनुसार मृतक युवा बुधवार साँझ ८ बजेदेखि सम्पर्कविहीन रहेका थिए।

खोजी गर्दै जाँदा बिहीबार साँझ करिब ६ बजे तिर स्थानीयले नालीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरी उपरीक्षक क्षेत्रीले घटनास्थल वरपरको क्षेत्रलाई घेराबन्दी गरी अनुसन्धान तीव्र पारिएको र स्थानीयसँग सोधपुछ भइरहेको बताए।  थाहा खबर 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP