Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

हुम्लाको सर्केगाड गाउँपालिकामा आगलागी हुँदा दुई जना घाइते

काठमाडौँ : हुम्लाको सर्केगाड गाउँपालिकामा आगलागी हुँदा दुई जना घाइते भएका छन् । तीन घर जलेर पूर्णरूपमा नष्ट भएका छन् । सर्केगाड गाउँपालिका-२ रिपमा गएराति १ बजे आगलागी भएको हो ।

आगलागीमा परी स्थानीय लैबा फडेरा र श्रीमती बम्बु घाइते भएका छन्। उनीहरूको उपचार सिमकोट अस्पतालमा भइरहेको र चिकित्सकहरुले अवस्था नाजुक रहेको बताएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक विष्णु श्रेष्ठले जानकारी दिए।

रातको समय भएकाले आगो नियन्त्रणमा लिन केही समय लागेको थियो। अहिले भने पूर्णर”पमा नियन्त्रणमा आइसकेको छ। आगलागीबाट रिप गाउँका स्थानीय लैबा फडेरा, जयराम फडेरा र छिरिङ फडेराको घर पूर्णरूपमा जलेका छन्।

रमेश महताराको घरको सामान जलेर नष्ट भएको छ । आगलागीको कारण र क्षतिको यकिन विवरण खुल्न बाँकी छ ।  थाहा खबर  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP