Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

काठमाडौंको न्यूनतम तापक्रम यस वर्षको हालसम्मकै कम

२२ पुस, काठमाडौं । काठमाडौंको न्यूनतम तापक्रम यस वर्षको हालसम्मकै कम मापन भएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ८:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.० डिग्री सेल्सियस मापन भएको हो ।

महाशाखाका मौसमविदहरुका अनुसार यो काठमाडौंमा यस वर्षको हालसम्मकै सबैभन्दा कम तापक्रम हो । काठमाडौंमा आज बिहान ५:४५ बजेको न्युनतम तापक्रम ३.४ डिग्री सेल्सियस थियो ।

काठमाडौंको तुलनामा ललितपुरको सानेपा क्षेत्रको न्यूनतम तापक्रम झन् कम छ । मौसमविद उज्ज्वल उपाध्यायका अनुसार आज बिहान सानेपा क्षेत्रको न्यूनतम तापक्रम २.८ डिग्री सेल्सियस मापन भएको छ । यो अघिल्लो दिनको तुलनामा ०.५ डिग्री सेल्सियसले कम हो ।

काठमाडौं उपत्यकामा अहिले भने घाम लागेकाले केही न्यानो महसुस भएको छ । तर मौसमविदहरुका अनुसार केही दिनयता काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम लगातार घट्दो क्रममा छ र जाडो बढ्दो छ ।

शनिबार काठमाडौंको न्यूनतम तापक्रम ४.७ डिग्री सेल्सियस थियो । आइतबार ४ र सोमबार ३.५ डिग्री सेल्सियस मापन भएको थियो । नेपालमा न्यूनतम तापक्रमको आधिकारिक तथ्यांक हरेक दिन बिहान पौने ९ बजे मापन गरेर सार्वजनिक गरिन्छ ।

मौसमविद डेभिड ढकालका अनुसार काठमाडौं उपत्यकामा आज यस वर्षको हालसम्मकै कम न्यूनतम तापक्रम मापन भए पनि यो सरदर भन्दा भने केही बढी नै हो । उनका अनुसार काठमाडौंमा जनवरी ६ तारिक अर्थात आजको सरदर न्यूनतम तापक्रम २.२ डिग्री सेल्सियस हो ।

न्यूनतम तापक्रममा केही दिनयता लगातार डिरावट आए पनि अधिकतम तापक्रममा भने खासै ठूलो उतारचढाव नआएको मौसमविद ढकालले बताए । तराई/मधेशका जिल्लामा हिजो घाम लागेका कारण अधिकतम तापक्रममा सामान्य वृद्धि देखिएको थियो । तराईका जिल्लाहरूमा बिहानीपख हुस्सु लाग्ने र मध्याह्नपछि खुल्दै जाने गरेको छ । तराई/मधेशमा हुस्सु केही दिन अवस्था यस्तै रहने सम्भावना रहेको मौसमविद ढकालले बताए ।    अनलाइनखबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP