Trending
flash भारतबाट अवैध रूपमा ल्याइएका १ हजार ५ सय चल्ला बरामद flash नागरिक यात्रुको गुनासो र समस्या तत्काल सम्बोधन गर्न यात्रु सहायता कक्ष स्थापना flash राकेश यादवले दिए कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ

सिन्धुलीमा ठूलो मात्रामा अमेरिकी डलरसहित एक जना पक्राउ

सिन्धुलीमा ठूलो मात्रामा अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय खुर्कोट प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खुर्कोटमा चेकजाँच गर्दा अमेरिकी डलर ५७ हजार (नेपाली ८२ लाख रुपैयाँ बराबर ) सहित युवराज नेवारलाई पक्राउ परेका छन् ।

सिन्धुली गोलन्जोर गाउँपालिका-७ माथिल्लो बजारस्थित चेकपोष्टमा सवारी साधनहरूलाई चेक गर्ने क्रममा काठमाडौंबाट इलामतर्फ जाँदै गरेको बा१६च ८०४८ नम्बरको टाटा सुमोमा सवार नेवारसँग रहेको कालो झोलामा ५७ हजार अमेरिकी डलर (१०० को नोट ५७० वटा) र नेपाली बाह्र हजार फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए ।

घटनासँग सम्बन्धित थप अनुसन्धानका लागि सुमो चालक विक्रम लिम्बूलाई पनि नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ ।

सिन्धुलीको घ्याङलेक-२ बस्तीपुर, हायुटारमा रहेको नेपाल एसबीआई बैंकमा मंगलबार राति लुटपाट भएपछि प्रहरीले राजमार्गमा कडाइ गरेको छ । त्यसै क्रममा जाँच गर्दा अमेरिकी डलरसहित युवराज पक्राउ परेका हुन् ।  अनलाइनखबर

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP