Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौँ : झापा र नवलपरासीमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। एकजनाको अवस्था गम्भीर छ ।

झापाको बिर्तामोड नगरपालिका- ५ स्थित पूर्वपश्चिम लोकमार्गमा गएराति ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा बाह्रदशी गाउँपालिका–४ का ३२ वर्षीय खगेन्द्र मगरको मृत्यु भएको छ ।

झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्र खड्काका अनुसार बिर्तामोडबाट बुट्टाबारीतर्फ गइरहेको ना८ख २२९७ नम्बरको ट्रक र विपरीत दिशाबाट आएको नम्बर नखुलेको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक मगरको मृत्यु भएको र निजकी श्रीमती २५ वर्षीया सुखमाया तामाङ गम्भीर घाइते भएकी हुन् । ट्रकका चालक फरार छन् भने उनको खोजी भइरहेको छ ।

यसैबीच, बर्दघाट–सुस्तापूर्वको देवचुलीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको देवचुली–१४ मा नारायणघाटतर्फ गइरहेको बा१६च ४७४० नम्बरको जिपको ठक्करबाट गएराति स्थानीय ४२ वर्षीया जया अर्यालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिपका चालक मकवानपुरको थाहा–११ का ४३ वर्षीय चन्द्रबहादुर गोलेलाई नियन्त्रणमा लिएर प्रहरीले कारबाही अगाडि बढाएको जनाएको छ ।  थाहा खबर 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP