काठमाडौं : काठमाडौं महानगरपालिकाका वडा-२२ का पूर्वअध्यक्ष माणिकरत्न स्थापितको हृदयाघातका कारण निधन भएको छ। ८२ वर्षीय स्थापितको बिहीबार राती निधन भएको हो।
उनी उपचारका लागि आउँदो सोमबार भारत जाने तयारीमा थिए। उनकाका २ छोरा र १ जना छोरी छन्। उनकी श्रीमती र एउटा छोरा संयुक्त राज्य अमेरिकामा छन्। परिवारका सदस्यहरू नभए पनि आज टेकुस्थित जम्बुदीपमा अन्त्येष्टि गरिने निर्णय गरिएको वडा २२ का अध्यक्ष चिनीकाजी महर्जनले जानकारी दिए।
पेशाले इञ्जिनियर स्थापित इञ्जिनियरिङ् पेशा छोडेर २०४४ सालमा पहिलो पटक जनपक्षीय उम्मेदवारका रुपमा चुनावी प्रतिस्पर्धामा होमिए। त्यो चुनावमा उनले पराजय भोग्नु परेको थियो। २०४६ सालमा प्रजातन्त्र पुनवहाली भएपछि २०४९ सालको स्थानीय निर्वाचनमा उनी नेकपा एमालेको उम्मेद्वारका रुपमा विजयी भएका थिए।
उनी २०६० सालमा राजाको शासन कालमा वडाध्यक्ष मनोनीत भए। नेपालको संविधान जारी भएपछिको पहिलो स्थानीय तह निर्वाचन २०७४ मा नेकपा माओवादी केन्द्रका तर्फबाट वडा २२ मा चुनावी प्रतिस्पर्धामा थिए। त्यस समयमा उनी नेकपा एमालेका उम्मेदवार चिनीकाजी महर्जनसँग पराजित भएका थिए।
त्यस यता संकटा क्लवको सल्लाहकारलगायत स्थानीय क्लव तथा संघसंस्थामा आवद्ध भएर सामाजिक काममा सक्रिय थिए। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया