Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

३२ वर्षीया सुशीला बम्जनलाई पेट्रोल छर्की आगो लगाएर हत्या

 

सिन्धुलीको कमलामाई नगरपालिका-४ धुराफाँटकी ३२ वर्षीया सुशीला बम्जनलाई पेट्रोल छर्की आगो लगाएर हत्या गरेको घटनामा सासू र नन्दलाई सिन्धुली जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

गत पुस ६ गते आफ्नै घरमा सुशीलालाई पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोपमा सासू मायाँरानी बम्जन र नन्द मीना लामा पक्राउ परेका थिए । पुस ६ गते नै पक्राउ परेका उनीहरुलाई प्रहरीले अनुसन्धानपछि माघ २ गते अदालत पेस गरेको थियो ।

आइतबार जिल्ला न्यायाशीश गेहेन्द्रराज पन्तको इजलासले हत्या आरोपी सुशीलाकी सासू मायाँरानी बम्जन र नन्द मीना लामालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको श्रेस्तेदार चित्रखर अधिकारीले जानकारी दिए ।

अदालतको आदेशपछि आइतबार नै दुवै जनालाई सिन्धुली कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

अर्का अभियुक्त ससुरा दुर्गामान बम्जन भने उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा रहेकाले प्रहरीले पक्राउ गरेको छैन । मुख्य योजनाकार भनिएका श्रीमान् सूर्यबहादुर बम्जन कोरियाबाट नेपाल आएका छैनन् । दुवै जनाविरुद्ध पक्राउ पूर्जि जारी गरिएको छ ।

प्रहरीले प्रारम्भिक बयान, घटनास्थलको अवस्था तथा संकलित प्रमाणका आधारमा अभियुक्तहरूविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ ।

यस घटनापछि मृतक सुशीलाको न्यायका लागि पीडित परिवार तथा स्थानीयवासीले निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको माग गर्दै आएका छन् ।थिए । अनलाइनखबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP