Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

भोलिदेखि नेपालमा वर्षा हुने सम्भावना

काठमाडौँ : भोलिदेखि नेपालमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ।

विभागको मौसम पूर्वानुमान शाखाले शुक्रवार रातिदेखि शनिवार बेलुकासम्म मुलुकको पश्चिम भूभाग अन्तर्गत सुदूरपश्चिम प्रदेश, बिहानमा विशेष गरी सुदूरपश्चिम, त्यस्तै कर्णाली प्रदेश, लुम्बिनी प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी गराएको हो।

शाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले वर्षासँगै उच्च हिमाली भूभागमा मध्यम हितपात हुने सम्भावना रहेको बताए। उनले वर्षा मध्यम खालको हुने र त्यो शनिवार बेलुकासम्म मात्रै रहने पनि स्पष्ट पारे।

वरिष्ठ मौसमविद् पौडेलेले भने,‘शुक्रवार रातिदेखि शनिवार बिहानसम्म विशेष गरेर पश्चिमतिरबाट पानी पर्ने प्रणाली, हिमपार्ने वर्ष भित्रिँदै छ। त्यस्तो ठूलो खालको झरी पार्ने पानी चाहिँ होइन। उच्च हिमाली भूभागमा मध्यम हिमपातको सम्भावना पनि देखिन्छ।’

शाखाका अनुसार माघ १३ गते मंगलवार रातिदेखि फेरि हल्का वर्षको सम्भावना रहेको छ। मंगलवार रातिदेखि बुधवारसम्म हल्का वर्षा हुने र उच्च हिमाली भूभागमा मध्यमखालको हिमपातको पनि सम्भावना रहेको वरिष्ठ मौसमविद् पौडेलले बताए।

हाल देशभर मौसम मुख्यतया सफा रहे पनि तराईका केही भूभागमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। यो प्रणालीले हालको सुक्खा र धुलोयुक्त वातावरणमा केही राहत दिनसक्ने विज्ञहरूको भनाइ छ।  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP