Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

सानिमा बैंकका नवनियुक्त सीईओ पवन कुमार आचार्यद्वारा पदभार ग्रहण

काठमाडौं : सानिमा बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्री पवन कुमार आचार्यले पदभार ग्रहण गरेका छन्। उनले आज औपचारिक रूपमा पदभार सम्हालेका छन्।

सानिमा बैंकको सञ्चालक समितिको मिति २०८२ कार्तिक २४ गते बसेको बैठकको निर्णयअनुसार आचार्यलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो। बैंकमा २१ वर्षदेखि निरन्तर योगदान दिँदै आएका आचार्य यसअघि वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए।

शैक्षिक पृष्ठभूमिका हिसाबले आचार्यले संयुक्त राज्य अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर उपाधि तथा भारतको एनआईआईटी, बैंगलोरबाट इन्जिनियरिङमा स्नातक डिग्री हासिल गरेका छन्। उनले एसएलसी परीक्षा आदर्श विद्या मन्दिर हाई स्कुलबाट बोर्ड तेस्रो श्रेणीमा उत्तीर्ण गरकेा थिए।

सानिमा बैंकमा लामो सेवाकालका क्रममा उहाँले दशभन्दा बढी विभाग तथा शाखाको नेतृत्व गरिसकेका छन्। उनको प्रमुख कार्यक्षेत्रमा कर्जा मूल्याङ्कन, डिजिटलाइजेसन र परियोजना वित्त रहेका छन्। साथै, उहाँ सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटलमा अध्यक्षका रूपमा समेत कार्यरत रहेका थिए।

बैंकिङ क्षेत्रबाहेक आचार्यसँग इन्जिनियरका रूपमा चार वर्षभन्दा बढीको व्यावसायिक अनुभव रहेको छ भने पाँच वर्षसम्म भिजिटिङ फ्याकल्टीका रूपमा समेत सेवा प्रदान गरेका छन्।  थाहा खबर
  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP