Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

वर्षा र हिमपातका कारण सडक तथा पैदल मार्ग अवरुद्ध

पर्वत : गएरातिदेखिको वर्षा र हिमपातका कारण सडक तथा पैदल मार्ग अवरुद्ध भएपछि प्रशासनले मुस्ताङ क्षेत्रमा तत्काल यात्रामा नजान अनुरोध गरेको छ।

म‌ंगलबार रातिदेखि नै मुक्तिनाथ क्षेत्रसहित उपल्लो मुस्ताङका विभिन्न स्थानमा निरन्तर हिमपात भइरहेको छ। हिमपातका कारण सडक तथा पैदल मार्ग अवरुद्ध भएका तथा वर्षा र हिमपातका कारण जनजीवन कठिन अवस्थामा रहेकोले यात्रा नगर्न र सुरक्षित रहन जिल्ला प्रहरी कार्यालय मुस्ताङले अनुरोध गरेको छ।

उपल्लो मुस्ताङमा गत शनिवार बिहानदेखि नै यो यामको दोस्रो पटक हिमपात भएको थियो। लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाका बस्ती तथा आसपासका क्षेत्रमा आंशिकदेखि मध्यम हिमपात भएको थियो। तर रातिदेखि भने भारी मात्रामा हिमपात भइरहेको छ।

हिमपातसँगै उपल्लो मुस्ताङका उच्च लेकाली डाँडाकाँडा सेताम्मे बनेका छन्। चिसो बढेकाले नदी, घरघरका धारा, सेप्टी ट्याङ्की तथा सिँचाइ कुलो समेत जमेका छन्। लोमान्थाङ बजार, सम्जुङ, चुमजुङ, छोसेर र कोरला नाका आसपासका क्षेत्रमा हिमपातले जनजीवन प्रभावित भएको छ।

कोरला नाकामा हाल पर्यटकको आगमन शून्य रहेको छ भने स्थानीय व्यवसायीको चहलपहल निकै कम देखिएको छ। भारी हिमपात भइरहेको अवस्थामा यात्रा नगर्न, बाहिर ननिस्कन र न्यानो भएर घरमै बस्न स्थानीय तह तथा वडाहरूले नागरिक तथा मुस्ताङ आउजाउ गर्नेहरूलाई अनुरोध गरेका छन्।  थाहा खबर 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP