Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

आगामी २०८३ सालको बडा दसैँमा अष्टमी दुई दिन

आगामी २०८३ सालको बडा दसैँमा अष्टमी दुई दिन परेको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको पात्रोअनुसार आगामी दसैँ असोज २५ बाट सुरु हुनेछ। अष्टमी दुईदिन परेकाले यस वर्षको दसैँ समग्रमा ११ दिनको हुने समितिले जनाएको छ। दसैँको अष्टमी कात्तिक १ र २ गते परेको छ।

असोज २५ गते घटस्थापना र कातिक ४ गते विजया दशमी परेको छ। यसवर्षको दसैँको टीका असोज १६ गते परेको थियो। असोज ६ गते घटस्थापना थियो। यस वर्षको दसैँ १९ दिनपछि धकेलिएको हो।

यसअघि विंसं. २००० सालमा पनि दसैँको अष्टमी दुई दिन परेको थियो।

समितिले माघ १५ गते नै पञ्चाङ्ग पात्रो तयार पारिसकेको जनाएको छ। आगामी वर्षको पात्रो फागुन २ गतेदेखि बिक्रिका बजारमा आउने समितिले जनाएको छ।

२०८३ साल असोज ३१ गते फूलपाती, कातिक १ गते र २ गते महाअष्टमी, कालरात्री, गोरखकाली पुजा, नेवारी समुदायको कुछी भ्वयः र काति बिहु पर्व परेको छ। त्यसैगरि ३ गते महानवमी र ४ गते विजया दशमी परेको छ।

आगामी वर्षको तिहार पनि यस वर्षभन्दा २० दिनपर सरेको छ। तिहार कात्तिक २१ गतेबाट सुरु हुनेछ।

कात्तिक २१ गते काग तिहार, धन्वन्तरी जयन्ती, २२ गते कुकुर तिहार, लक्ष्मीपूजा, दीप मालिका, सुखराती, नरक चतुर्दशी, २३ गते गाई तिहार (औंशी), २४ गते गोबद्र्धन पूजा, म्हपूजा र २५ गते भाईटीका परेको छ।

आगामी वर्षभरि नै चन्द्र र सूर्यग्रहण नहुने समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीले जानकारी दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP