Trending
flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु

पश्चिम एशिया तनाव : खाडीमा रहेका नेपालीको सुरक्षा चिन्ता

‘साउदी मै मरिन्छ कि कसो?’ चम्पा वाम्बुले राई लेख्छिन्।‘अहिलेसम्म सुरक्षित छौँ, पछि के हुन्छ थाहा छैन। यतै मरिने हो कि भन्ने डर पनि लाग्न थाल्यो तर दुवई सरकारले सुरक्षा कडा गरेकै छ’‚ गुल्मी घर भई हाल आबुधावीमा रहेका रमेश विश्वकर्माले एक दिन अघि लेखे।नेपाल फर्किनु भन्दा त्यतै बढी सुरक्षित महसुस गरिरहेको बताउने नेपालीहरु पनि सामाजिक सञ्जालमा भेटिए। अहिले विकसित अवस्थालाई लिएर चिरन निरौला नाम गरेका अर्का सामाजिक सञ्जाल प्रयोगकर्ताले बाहिर हल्ला आएजस्तो केही नभएको भन्दै अनावश्यक हल्ला नगर्न पनि अनुरोध गरे।माथिका मिश्रित प्रतिक्रियाहरु मिडियामा पश्चिम एसियामा विकसित अशान्तिपछि सञ्चारमाध्यमहरुमा आएका समाचार खाडीमा रहेका नेपालीहरुको सुरक्षाको चिन्ता र सरोकारका सन्दर्भमा आएका प्रतिक्रिया हुन्।नेपालीहरुको सुरक्षा चिन्तायतिबेला पश्चिम एसियामा तनावपूर्ण अवस्था छ, जसको प्रभाव श्रमको प्रमुख गन्तव्यका रुपमा रहेका खाडी मुलुकहरुमा रहेका नेपालीहरुलाई समेत परेको छ।अमेरिका–इजरायलको संयुक्त आक्रमणमा आफ्ना सर्वोच्च नेता अयातोल्लाह अली खामेनी लगायतका उच्च सैन्य अधिकारी समेत मारिएपछि इरानले पनि इजरायल र खाडी देशमा जवाफी कारवाही गरेको छ।इरानले इजरायल र साउदी अरब, कतार, यूएई, इराक लगायतका खाडी देशमा रहेका अमेरिकी सैन्य अड्डाहरुमा आक्रमण गरेसँगै त्यहाँ रहेका नेपालीहरुको सुरक्षा चिन्ता बढेको हो।आबुधाबीमा इरानी ड्रोन आक्रमणमा परी गोरखाका २९ बर्षिय दिवस श्रेष्ठ मारिएका छन्। साउदी अरेविया, बहराईन, कतार, संयुक्त अरब इमिरेट्स (युएई) कुवेत, ओमान लगायतका करिब १० देशमा झण्डै २० लाख नेपाली कार्यरत रहेको सरकारी अनुमान छ।परराष्ट्र मन्त्रालयले जनाएअनुसार १७ लाख २९ हजार बढी नेपाली पश्चिम एसियाका विभिन्न देशहरुमा छन्। तर पछिल्लो द्वन्द्वयता ती मुलुकमा वैदेशिक रोजगारीका लागि सरकारले श्रम स्वीकृति बन्द गरेको छ। तर त्यहाँ पुगिसकेका नेपालीहरुको दैनिकी बिथोलिएको छ।आवश्यक परे उद्धार गर्ने योजनानेपाल सरकारले पश्चिम एसिया (मध्यपूर्व) र खाडी देशहरुमा कार्यरत नेपालीहरुको उद्धार गर्ने योजना बनाएको जनाएको छ।परराष्ट्रमन्त्री बालानन्द शर्माले तत्कालै उद्धार गरिहाल्नुपर्ने अवस्था नदेखेको तर आवश्यक परे समुद्री मार्गबाट नेपाल फर्काउनेबारेमा समेत विचार गरिरहेको बताएका छन्।मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागले खाडीका रहेका नेपालीको अवस्थाबारे सूचना संकलन गर्न वेबसाइट सञ्चालनमा ल्याएको छ ।वेबसाइटमार्फत आएका सूचनाको आधारमा त्यहाँ रहेका नेपालीको आपत्कालीन उद्धारको योजना बनाइने मन्त्रालयले जनाएको छ।रोकिएको छैन आक्रमणउता कतारमा रहेको अमेरिकी एयरबेसमा इरानले मिसाइल आक्रमण गरको ताजा समाचारमा जनाइएको छ।कतारको रक्षा मन्त्रालयले जनाएअनुसार इरानले छाडेका दुई मिसाइलमध्ये एक कतारको एयर डिफेन्स सिस्टमले हावामै ध्वस्त पारिदिएको छ भने अर्को मिसाइल अमेरिकाको सबैभन्दा ठूलो सैन्य अड्डा रहेको अल उदेद एयर बेसमा खसेको छ।उक्त आक्रमणमा भने हताहतीको खबर आएको छैन। इरानमा भने गत फेब्रुअरी २८ देखि अहिलेसम्म १ हजारभन्दा बढी इरानी नागरिक मारिएको ह्यूमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सले जनाएको छ। थाहा खबर 
 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP