दाङ : लमही नगरपालिका ७ बनघुस्रीस्थित पूर्व पश्चिम राजमार्गमा बिहीबार राति सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा लमही नगरपालिका(६ बस्ने वर्ष ५५ का समुन्दर चौधरी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय दाङले जानकारी अनुसार नारायणघाटबाट सुर्खेततर्फ जाँदै गरेको ग ३ च ४७७० नम्बरको बोलेरो पिकअप र विपरीत दिशाबाट आउँदै गरेको रा १ प ९६७८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए। मोटरसाइकल चालकको दुबै खुट्टा, गुप्ताङ्ग, पेट तथा मुखमा गम्भीर चोट लागेको थियो।
उनलाई तत्काल उपचारका लागि लमही अस्पताल पठाइएकोमा चिकित्सकले राति मृत घोषणा गरेका थिए।
बोलेरो पिकअप जिल्ला स्याङ्जा गल्याङ नगरपालिका ११ जिमुवाका २१ वर्षीय दुलराज पल्ली मगरले चलाएका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया