गोपाल भण्डारी
कपिलवस्तु : कपिलवस्तुको महाराजंज नगरपालिका वरगदा घटनामा सुरक्षाकर्मीको गोली लागेर घाइते भएका एक युवकको मृत्यु भएको छ । महारांज नगरपालिका भुटहनियाका -२२ वर्षीय जितेन्द्र यादवको सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएको हो।
सुरक्षाकर्मीको गोली पेटमा लागि घाइते भएका उनको चितवन मेडकल कलेजमा उपचार भइरहेको थियो । उपचारकै क्रममा आज विहान उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गत चैत्र ७ गते महाराजगंजको वरगदा गाउँमा भएको हिन्दु मुस्लिम झडपपछि भड्केको भीड नियन्त्रणका क्रममा स्थानीय हिन्दु युवा र सुरक्षाकर्मीबिच झडप भएको थियो । सोही क्रममा सुरक्षाकर्मीको गोली लागि यादव घाइते भएका थिए ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया