Trending
flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु

लमजुङ बस दुर्घटना अपडेट : घाइते ६ जनाकै परिचय खुल्याे, ज्यान गुमाउनेकाे पहिचान हुन बाँकी

unn.prixa.net

लमजुङ – सुन्दरबजार नगरपालिका ७ को पाउँदीमा आइतबार बिहान भएको बस दुर्घटनामा घाइते भएका ६ जनाकै परिचय खुलेको छ ।

लमजुङ बेसीशहरबाट गोरखा जाँदै गरेको ग १ ख ५७९९ नम्बरको यात्रुवाहक बस पाउँदीमा दुर्घटना हुँदा गोरखाको धार्चे गाउँपालिकाका २ का ४२ वर्षीय आइतराम गुरुङ, त्यही ठाउँकी सुस्मिता गुरुङ, गोरखकै थुमी गाउँपालिका ३ का २८ वर्षीय राजन गुरुङ, लमजुङको बेसीशहर नगरपालिका १ की ३५ वर्षीया जमुना परियार रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक (इन्स्पेक्टर) वसन्तबहादुर राना मगरले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार घाइते भएकाहरुकामध्ये ४ जनाको मनकामना अस्पताल प्रालि चितवनमा उपचार भइरहेको छ । 

त्यस्तै घाइते हुनुभएकी गोरखाकी २० वर्षीया दिपिका लामिछानेको पुरानो मेडिकल कलेज चितवनमा उपचार पश्चात् डिस्चार्ज भइसकेको छ ।

दुर्घटनामै घाइते हुनुभएकी लमजुङको मस्र्याङ्दी गाउँपालिका ९ की ३२ वर्षीया पुनम भुजेललाई थप उपचारका लागि मणिपाल हस्पिटल पोखरा रिफर गरिएको छ ।

प्रहरीका अनुसार पाउँदी सडकको ओरालोमा रोकि राखिएको बस सडकबाट पाउँदी खोलामा खस्दा घाइते भएकी एक जना महिलाको सुन्दरबजार कर्मदा अस्पतालमा उपचारका क्रममा ज्यान गएको थियो । मृतकको अझै पहिचान खुल्न सकेको छैन ।

बस चालक, तनहुँ भन्सारका कृष्ण आलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP