Trending
flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु

महिलाहरु नेतृत्व तहमा आउनु पर्छ ः उप प्रमुख थारु

दिपक के.सी. माघ ६, कपिलवस्तु

कपिलवस्तु शिवराज नगरपालिका उप प्रमुख शिवकुमारी थारुले महिलाहरु चुलो चौको र घरधन्दामा मात्रै सिमिति नभइ नेतृत्व तहमा आउनु पर्ने बताउनु भएको छ । महिलाहरुको सिप र क्षमताको विकास गर्दै घर भन्दा बाहिर नेतृत्व गर्न सक्ने बन्नु पर्नेमा उहाँ जोड दिनु भएको थियो । महिलाहरुको क्षमता विकास तथा ससक्तिकरण कार्यक्रमको समापनमा बोल्दै उप प्रमुख थारुले यस्तो बताउनु भएको हो । शिवराज नगरपालिका वडा नं. ५को आर्थिक सहयोग र दियालो नेपालको आयोजनामा संचालित कार्यक्रमको समापनमा बोल्दै सिकेका कुरालाई व्यवहारमा प्रयोग गर्न सके महिलाहरु शसक्त बन्न सकिने उप प्रमुख थारुले बताउनु भयो । नेतृत्व तह सम्म पुग्न आफ्नो कुरा अरु समक्ष राख्न , आफ्नो अधिकारको प्रयोग र कर्तव्य पालन गर्दै सामाजिक काममा पनि महिलाहरु अग्र भागमा आउनु पर्ने उहाँले बताउनु भयो । नगरले महिलाहरुको सिप विकासमा जोड दिदै उद्यमशिलतालाई पनि जोड दिएको उहाँले बताउनु भयो । यस आर्थिक बर्षमा सामाजिक विकास अन्तर्गत महिलाको व्यवसायिक क्षमता बढाउन ,अचार बनाउने तालिम, सिलाइकटाई जस्ता तालिमहरु समेत रहेको उप प्रमुख थारुले बताउनु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै वडा नं. ५का अध्यक्ष अर्जुन बहादुर पाण्डेले वडाले सामाजिक विकास अन्र्तगत वडा भित्रका महिलाहरुको क्षमता अभिवृद्धी गर्न कार्यक्रम ल्याएको जनाउनु भयो । भौतिक विकास मात्रै विकास नभएर सामाजिक विकास पनि हुनु पर्ने र त्यसका लागी महिलाहरु शसक्तिकरण हुनु पर्ने अध्यक्ष पाण्डेले बताउनु भयो । वडाका महिलाहरुको क्षमता वृद्धि गर्न यस्ता कार्यक्रमहरुले महत्वपूर्ण भूमिका खेल्ने समेत उहाँले बताउनु भयो । ३ दिन सम्म संचालन भएको कार्यक्रममा वडाका ४० जना महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजकर्ता अधिकार कर्मी मिना परियारले कार्यक्रम भरी महिला अधिकार, नेतृत्व विकास सम्बन्धी सहभागिलाई जानकारी दिनु भएको थियो । कार्यक्रममा व्यवस्थापक चन्द्र पोखरेलको अध्यक्षता, नगर उप प्रमुख शिवकुमारी थारुको प्रमुख आथित्यता र वडा अध्यक्ष अर्जुन बहादुर पाण्डेको बिशिष्ट आथित्यता रहेको थियो । कार्यक्रमको संचालन मिना परियारले गर्नु भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP