Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

अछाममा वडाध्यक्ष धामीको हत्या आशङ्का

अछाम । अछामको पञ्चदेवल बिनायक नगरपाकिला २ माथिल्लो बिनायकका वडाध्यक्ष पदमबहादुर धामीको हत्या भएको छ ।

अनुहारभरि रगत लत्पतिएको अवस्थामा उहाँको शव आज बिहान भेटिएको हो । माथिल्लो बिनायकस्थित धामीगाउँको गैरीगाउँ भन्ने ठाउँमा स्थानीयको भैँसी बाधेको गोठभित्र धामीको शव भेटिएको नेपाली काँग्रेस अछामका प्रवक्ता वेदप्रकाश तिमिल्सिनाले जानकारी दिनुभयो ।

उहाँका अनुसार अध्यक्ष धामीको हत्यापछि शव गोठमा लगेर फालिएको हुनसक्ने शङ्का गरिएको छ । हत्या कसले र किन गरेको हो भन्ने बारे खुल्न नसकेको पनि उहाँको भनाइ छ ।

आज बिहान ७ बजे भैसीलाई घाँस हाल्न गोठमा गएका एक महिलाले शव देखेपछि घटना सार्वजनिक भएको हो । घटनापछि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

अछामका प्रहरी प्रमुख डीएसपी दीपक भारतीका अनुसार शवको अवस्था अध्ययन गर्नुका साथै घटनास्थल वरिपरिको स्थितिसमेत अवलोकन गरिएको छ ।
तर घटना हत्या हो होइन भन्ने विषयमा एकिन हुन नसकेको उहाँको भनाइ छ ।

मृतक ४० वर्षीय धामी नेपाली काँग्रेसबाट वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP