Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

पोर्चुगल पठाइदिन्छु भन्दै ४० लाख ठग्ने दुईजना पक्राउ

काठमाडौं :  पोर्चुगल पठाइदिन्छु भन्दै ४० लाख ठगी गर्ने दुईजनालाई महानगरीय प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बागलुङ गल्कोट-६ का २८ वर्षीय सोती मगर र सर्लाही बागमती-१ का समीर कार्की रहेको महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाले जानकारी दिए।

मगर र कार्कीले कोटेश्वरमा युनिवर्ल्ड इन्टरनेसनल टुर्स एण्ड ट्राभल्स प्रालि (Uniworld International Tours & Travels Pvt. Ltd) सञ्चालन गरी  वर्किङ भिसामा पोर्चुगल जान प्रतिव्यक्ति रु. १४,००,००० । (अक्षरुपी चौध लाख) लाग्छ भनी उता पुगेपछि राम्रो होटल तथा कम्पनीमा काममा लगाइदिन्छु मासिक रु. १,००,०००/- भन्दा बढी कमाइ हुन्छ भनेर झुक्याइ ठगी गरेका हुन्।

उनीहरूले बुटवलका १९ बस्ने २६ वर्षीय लक्ष्मण थापासमेत ४ जना बाट प्रतिव्यक्ति दश लाखका दरले रु. ४०,००,०००/- (अक्षरुपी चालिस लाख रुपैयाँ) रकम लिई ठगी गरेको प्रहरीले जनाएको छ। उनीहरूलाई मंगलबार पक्राउ गरी थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर टेकु, काठमाडौँ पठाइएको प्रहरीको अपराध महाशाखाले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP