काठमाडौं : बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१ स्थित राम जानकी मन्दिरबाट मूर्ति लगायतका विभिन्न सामानहरु चोरीमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा स्थानीय २५ वर्षीय असरफ बागवान छन्। प्रहरीले उनको साथबाट चोरीका सामानहरू पनि फेला पारेको जनाएको छ।
उनको साथबाट भगवानको मूर्ति तीन थान, घण्टी पाँच थान, नाग देवताको मूर्ति दुई थान, तामाको लोटा चार थान, त्रिशुल तीन थान, आरती एक थान, पाला छोप्ने ढक्कन एक थान, पाला दुई थान, टिका राख्ने भाँडा एक थान, फलामको सिक्री एक थान, सानो आरी एक थान र रिन्च एक थान बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।
बेवारी मूर्ति फेला
यस्तै नेपालगञ्ज–१५ जमुनाहस्थित बेवारीसे अवस्थामा रहेको मूर्ति फेला परेको जनाएको छ। प्रहरीले कुनै मन्दिरमा मूर्ति चोरी भएको छ भने खबर गर्न अनुरोध गरेको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया