Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

१३ हजारकाे लाेभमा शिशु चाेरी, चाेर्ने र चाेर्न लगाउने तीन पक्राउ

जनकपुरधाम : सात महिने एक नाबालकलाई चोरी गरेर भागेकी दुई महिलासहित तीन जनालाई जनकपुरबाट प्रहरीले पक्राउ गरेको छन्।

पक्राउ पर्नेहरूलाई धनुषा प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेहरूमा धनुषाको गणेशमान चारनाथ नगरपालिका–१० बस्ने संजीत मुखियाकी ३५ वर्षीया पत्नी मनिषादेवी मुखिया, औरही गाउँपालिका–१ पौडेश्वर घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–८ बस्ने बिगुल मुखियाकी २० वर्षीया पत्नी किरण राम र महोत्तरीको लोहारपट्टी नगरपालिका–४ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–७ बस्ने २२ वर्षीय कृष्णकुमार यादव छन्।

बुधबार साँझ करिब ६ बजे जनकपुरधाम उपमहानगरपालिका–६ स्थित महराज सागर पोखरी छेउबाट मोहम्द अमिर राइनका सात महिने शिशु अख्तर राइनलाई मनिषाले लिएर भागेकी थिइन्। प्रहरीका अनुसार अमिरकी ६ वर्षीया छोरी एलिजा खातुन भाइसँग खेलिरहेको बेला मनिषाले एलिजालाई ५० रुपैयाँ दिएर कुरकुरे किन्न पठाई शिशुलाई लिएर फरार भएकी थिइन्। 

जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी निरीक्षक बिक्रम साहको नेतृत्वमा खटेको टोलीले आज बिहान साढे ८ बजे जनकपुरधाम उपमहानगरपालिका–१९ बेंगा शिवपुर पिपराढीस्थित सञ्चालनमा रहेको हाँस तथा भैंसी फारमको पछाडि खेतमा भाग्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले पत्रकार सम्मेलनमा बताए।

घटनाको समयमा मनिषासँगै रहेकी आफ्नो बच्चा भनिएकी २ वर्षीय नन्दनी मुखियालाई अर्को पक्राउ परेकी महिला किरण रामसँगै पठाएर ७ महिने शिशुलाई लिएर भागेको प्रहरीले जनाएको छ।

पक्राउ परेका  कृष्ण कुमारले मनिषासँग १३ हजार रुपैयाँ लिई बच्चा उपलब्ध गराउने सर्त राखेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पक्राउ परेकाहरूमाथि अपहरणसम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक रजौरेले पत्रकार सम्मेलनमा बताए। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP