सागर वि.क.: कपिलवस्तु । बाणगंगामा भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । बाणगंगा नगरपालिका वडा नं.२ कोठीखोला किनारबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका हुन् । बाणगंगा नगरपालिका वडा नं.२ मा अवस्थित मनकामना सामुदायिक वनमा केही व्यक्ति बन्दुकसहित हिडिरहेको छन् भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं.१४ निवासी ५० बर्षीय बीर बहादुर सोमै र सोही वडाका २८ बर्षीय खेमु मगर रहेका छन् । सोमैको साथबाट एक थान खाली भरुवा बन्दुक र मगरको साथबाट एक थान लोडेड भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया