Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

बिरामी बोक्ने एम्बुलेन्समा गाजा तस्करी, ९० केजी गाजासहित चालक पक्राउ

काठमाडौं : बिरामी बोक्ने एम्बुलेन्सबाट गाजा तस्करी हुने गरेको पाइएको छ। 

सोमबार राति पौने ११ बजे सिरहाबाट प्रहरीले ९० किलो गाजा बोकेको एम्बुलेन्स र त्यसका चालकलाई नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक कुमार मैनालीका अनुसार को १ च ७५७७ नम्बरको एम्बुलेन्सबाट गाँजा बरामद भएको हो।

लहान नगरपालिका–१ स्थित पूर्व-पश्चिम राजमार्गमा सवारीसाधन चेकजाँच गर्ने क्रममा उक्त एम्बुलेन्सलाई प्रहरीले रोकेको थियो। चेकजाँचका क्रममा बिरामी राख्ने भागमा पाँच वटा बोरामा लुकाएर राखिएको गाँजा बरामद भएको प्रहरी नायब उपरीक्षक मैनालीले जानकारी दिए।

गाजासहित एम्बुलेन्सका चालक सिरहा धनगढीमाई नगरपालिका–९ का २९ वर्षीय सरोज लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP