Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

पासोमा फसेको चितुवा मर्‍याे

बैतडी – बैतडीमा पासोमा फसेको अवस्थामा फेला परेको चितुवा मरेको छ । आज बुधवार बिहान फेला परेको चितुवा दिउँसो मरेको जिल्ला प्रहरी कार्यालयल बैतडीले जनाएको छ । 

दशरथचन्द नगरपालिका ४ बिनासौमा बँदेलको लागि थापेकाे पासोमा चितुवा परेको थियो । पासोमा फसेको चितुवाको उद्धार गरी खोरभित्र राखेपछि मरेको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा डिभिजन वन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालगायत रहेका छन् । बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आउने टोली भने घटनास्थलमा पुगेको छैन । 

बँदेलले मकै नष्ट गर्न थालेपछि बाली जोगाउनका लागि किसानले पासो थापेको र त्यही पासोमा चितुवा परेको थियो । बैतडीमा जङ्गली जनावरले किसानले लगाएको बालीनाली नष्ट गर्न थालेपछि किसान चिन्तित भएका छन् । बँदेल, दुम्सी र बाँदरलगायतका जनावरले किसानको बाली नष्ट गर्ने गरेका छन् । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP