Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

बलात्कार मुद्दामा फसाउने धम्की दिइ १२ लाख रुपैयाँ असुल्ने ४ महिला र १ पुरुष पक्राउ

दाङ – बलात्कार मुद्दामा फसाउने धम्की दिइ १२ लाख रुपैयाँ असुलेकाे आरोपमा दाङका एक पुरुषसहित चार जना महिलाकाे समूहलाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय दाङले घटनाबारे जानकारी दिन बिहीवार गरेको पत्रकार सम्मेलनमा घोराही उपमहानगरपालिका १० नारायणपुरमा सुनचाँदी व्यवसाय गर्दै आइरहेका दिनेश घर्ती मगरलाई धम्की दिइ रकम असुली गरेको आरोपमा पाँच जनालाई पक्राउ गरिएको जनाएको छ । पक्राउ पर्नेमा रोल्पाकाे परिवर्तन गाउँपालिका ५ का ४० वर्षीय दिलिपकुमार वली, घोराही १० की पवित्रा डाँगी, ३२ वर्षीया विमला डाँगी, २९ वर्षीया शान्ता नेपाली र २२ वर्षीया पर्मिला नेपाली रहेको छन् ।

पक्राउ परेकी सर्मिलाले पीडित घर्तीलाई गएकाे साउन २६ गते राति ११ बजे योजनाबद्ध तरिकाले आफ्नो घरमा बोलाएकी थिइन् । त्यसलगत्तै पक्राउ परेका अन्य चार जना केहीबेरमा घरमा आइ डर देखाइ बलात्कारकाे मुद्दामा फसाउने धम्की दिएका थिए । त्यसपछि उनीहरूले पीडित घर्तीबाट नगद एक लाख र दुई/दुई लाखका दुई वटा चेक फरक-फरक मितिमा र एउटा चेक सात लाख २० हजार गरी १२ लाख २० हजार रुपैयाँ बेइमानीपूर्वक लाभ लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवम् एसपी सुरेश काफ्लेले जानकारी दिनुभयो । प्रहरीले चेक बरामद गरिसकेको उहाँले बताउनुभयाे । 

पक्राउ परेकामाथि मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ अनुसार आपराधिक लाभ शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP