दाङ : दाङमा प्रहरीले २ थान अवैध हातहतियार बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गत साउन ३० गते राति करिब ८ बजे गढवा गाउँपालिका-१ मलमलास्थित डिलबहादुर कुमालको घरमा सोही ठाउँको बौराहा बस्ने करिब ३७ वर्षीय जमबहादुर भनेर चिनिने गंगेश्वर कुमालले अवैध हातहतियार राखेको भन्ने सूचनाको आधारमा इप्रका गढवाको प्रहरी टोलीले २ थान अवैध बन्दुक बरामद गरेको हो।
डिलबहादुरको घरमा खानतलासी गर्दा कोठाभित्र राखेको अवस्थामा एक थान भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी एवं प्रवक्ता राजनकुमार गौतमले जानकारी दिए।
डिलबहादुरले गोठमा लुकाएर राखेको अर्को एकनाले १२ बोरको बन्दुक एक थान पनि बरामद भएको पनि प्रवक्ता गौतमले जानकारी दिए। बरामद अवैध हतियारहरू ल्याई अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
डिलबहादुरको घरमा महिला र केटाकेटी मात्र भएको र गंगेश्वरलाई खोजतलास गर्दा फेला नपरेको हुँदा उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया