Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

मनाङ कारागारमा दुई जनामात्र कैदीबन्दी

मनाङ : कारागारमा दुई जनामात्र कैदीबन्दी रहेका छन्। कारागारका अनुसार जबर्जस्ती करणी मुद्दाका एक र सुन चोरी पैठारी मुद्दामा एक जनाले कैद भुक्तान गरिरहेका छन्।

एक जनाले चालु आर्थिक वर्षमा मात्रै जबर्जस्ती करणी मुद्दामा जेल चलान भई कैद भुक्तान गरिरहेको मनाङ जिल्ला अदालतका स्रेस्तेदार तारादत्त बडूले जानकारी दिए। उनका अनुसार एक जनाले भने १७ किलोग्राम सुन चोरी पैठारी मुद्दामा कैद भुक्तान गरिरहेका छन्।

हालसम्म मनाङको कारागार शिक्षा कार्यालयको भवनमा राखिएको छ। देशकै कम कैदीबन्दी रहने मनाङमा तराई क्षेत्रमा निर्माण गरिने डिजाइनमा कारागार निर्माण गरिएको छ।

करिब दुई करोड रुपैयाँको लागतमा उक्त कारागार भवन निर्माण गरिएको भए पनि शिक्षाकै भवनमा कैदीबन्दी राखिँदै आएको स्रेस्तेदार बडूले बताए। देशका विभिन्न जिल्लाका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् तर मनाङमा करिब शून्यजस्तै हुने गरेको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP