Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

दाङमा लागुऔषध कारोबारमा संलग्न ४ जना पक्राउ

दाङ : दाङमा लागूऔषध कारोबारमा संलग्न रहेका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङले विभिन्न स्थानबाट पक्राउ परेका ४ जनालाई बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका १० जगदिशपुर निवासी २५ वर्षीय हीरा सिंह क्षेत्री र बाणगङ्गा नगरपालिका ११ निवासी १८ वर्षीय मोहमद खान, घोराही उपमहानगरपालिका १३ निवासी ४० वर्षीया सुशीला गिरी र रोल्पा नगरपालिका ६ कोटगाउँ घर भई हाल घोराही उपमहानगरपालिका १३ सेवार बस्ने ३८ वर्षीया खुशी पुन मगर भनिने एकता पुन मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी वीर बहादुर वलीले जानकारी दिए।

उनका अनुसार लमही नगरपालिका ९ अमिलियाबाट गिरी र पुनलाई असोज २ गते बेलुका करिब साढे ६ बजेतिर ६ किलो ३६० ग्राम लागुऔषध चरेससहित पक्राउ गरिएको हो।

दाङको घोराही, तुलसीपुर हुँदै भारतको दिल्ली जान लागेको ना ७ ख ९०५ नम्बरको लागुऔषध चरेस लुकाएर लैजाँदै गरेको भन्ने सूचनाका आधारमा जिप्रका दाङ र इप्रका अमिलियाबाट गएको प्रहरी टोलीले उनीहरूलाई चेकजाँच गर्दा सुशीलाले खुट्टामा ७ वटा पोका पारी राखेको ४ किलो २६५ ग्राम चरेस बरामद गरेको उनको भनाइ छ।

यस्तै पुन मगरले पनि खुट्टामा लुकाएर राखेको ४ ओटा पोका २ किलो ९५ ग्राम चरेस बरामद गरी दुवैजनालाई पक्राउ गरी लागुऔषध चरेस कसुर शीर्षकमा मुद्दामा दर्ता गरी दाङ जिल्ला अदालतबाट अनुसन्धान गर्नको लागि ७ दिनको म्याद थप भई अनुसन्धान भइरहेको उनले जानकारी दिए।

यस्तै प्रहरीले सोही दिन बेलुका ५ बजेतिर  गढवा गाउँपालिका १ कालाकाटेस्थित पूर्वपश्चिम राजमार्गमा लागुऔषध ब्राउन सुगरको कारोबार गरिरहेको अवस्थामा क्षेत्री र खानलाई पक्राउ गरेको हो। क्षेत्रीले चलाएको लु ५५ प ६८३७ र खानले चलाएको लु ६८ प १६६६ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा खत्रीले गोजीमा लुकाइ राखेको ३३.६३ ग्राम र खानले २ वटा पोका बनाइ पाइन्टको गोजीमा गिलो अवस्थामा लुकाइ राखेको ७९.८४ ग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ।

यस्तै प्रहरीले उनीहरूको साथबाट विभिन्न कम्पनीका ४ वटा मोबाइल सेट र १८ हजार नगद र दुईवटा मोटरसाइकलसहित पक्राउ गरी लागुऔषध ब्राउन सुगर शीर्षकमा मुद्दा दर्ता गरी अदालतबाट ७ दिनको म्याद थप भइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP