Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट सात जना पक्राउ

काठमाडौं : लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट सात जना पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका-३२ जडिबुटीबाट अवैध लागूऔषध गाँजा २ केजी सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-३२ जडिबुटी बस्ने २५ वर्षीया मन्दिरा खड्की र सोही ठाउँ बस्ने काभ्रेपलान्चोक बनेपा घर भएकी २० वर्षीया दीपा मगर रहेका छन्।

उक्त स्थानमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी  प्रक्राउ गरेको हो।

यस्तै,बाँकेको बैजनाथ गाउँपालिका-१ चिसापानीबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ ३ सय २० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २२ वर्षीय सन्तोष शाही र २२ वर्षीय पदम बुढा रहेका छन्। ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्दा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।

त्यसैगरी,पाल्पाको तानसेन नगरपालिका-३ भगवती टोल बस्ने १९ वर्षीय परिभेष श्रेष्ठलाई अवैध लागूऔषध गाँजाको धूलो करिब ९ सय ग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठले आफ्नो  घरमा गाँजा लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा बोरामा लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारी पक्राउ गरेको हो।

त्यस्तै, मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१ जरुवाटोलबाट नियन्त्रित लागूऔषध वनरेक्स एक सय एमएलको १ सय ५८ बोतल सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका-१ चौकीटोल बस्ने १९ वर्षीय निकेश पुडासैनी र सर्लाही बरहथवा नगरपालिका-१६ बस्ने २६ वर्षीय पप्पु कुमार कुशहवा रहेका छन्।

सर्लाहीबाट आएको बा.१८ च ६६०६ नम्बरको स्कारपियोबाट सामान झार्दै गरेको अवस्थामा प्रहरी चौकी चौकीटोलबाट खटिएको प्रहरीले सोधपुछ गर्दा गाडीसँगै प्रदेश ३ ०२ ००६ प ८०४१ नम्बरको स्कुटर रोकी बसेका व्यक्ति भागेपछि शंका लागि जाँच गर्दा लुकाई राखेको उक्त लागूऔषध फेला पारी स्कारपियो चालक पप्प कुमार समेत दुवै जनालाई पक्राउ गरेको हो। हाल फरार स्कुटर चालकको प्रहरीले खोजी गरिरहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP