Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

विप्लवको गृह जिल्लामा सुरक्षा चुनौती : जुलुसदेखि बमसम्म फेला

माधव बेल्वासे, चन्द्रौटा : नेत्र विक्रम चन्द ‘विप्लव’को गृह जिल्ला कपिलवस्तुमा निर्वाचनमा सुरक्षा चुनौती देखिएको छ। निर्वाचनको दिन नजिकिँदै गर्दा निर्वाचन बिथोल्न विभिन्न प्रयास भइरहेका छन्।

यहाँ विप्लव मात्र होइन अन्य शक्ति पनि निर्वाचनविरुद्ध रहेकाले सुरक्षालाई थप चुनौती रहेको छ। यहाँ निर्वाचन आचारसंहिता लागेपछि गाडीमा आगजनी, विस्फोटक पदार्थ तथा निर्वाचनविरुद्ध जुलुस निकालिएको छ।

कात्तिक २१ गते राति नेपाल जनतान्त्रिक मुक्ति मोर्चाले कपिलवस्तुमा ३ वटा सवारीसाधनमा आगो लगाएको थियो। नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक विक्रान्तसिंह शाहले निर्वाचन बहिष्कार गर्ने उद्देश्यले सवारीसाधनमा आगजनी गरेको बताएका थिए।

मोर्चाले चन्द्रौटा–कृष्णनगर सडकअन्तर्गत जवाभारी र बहादुरगञ्ज क्षेत्रमा २ ट्रक र १ मोटरसाइकलमा आगजनी गरेको थियो। ट्रक जलाएको ठाउँ नजिकै मोर्चाको पर्चा समेत भेटिएको थियो।

कात्तिक २९ गते कृष्णनगर नगरपालिका-५ पुरुषोत्तमपुर गाउँ नजिकै शङ्कास्पद वस्तु फेला परेको थियो। स्थानीय बासिन्दाले उक्त शङ्कास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए। निर्वाचन बिथोल्नका लागि कसैले विस्फोटक पदार्थ राखेको हुन सक्ने सुरक्षानिकायले जनाएको छ।

बहादुरगञ्जस्थित नेपाली सेनाको डिस्पोजल टोलीले शङ्कास्पद वस्तु डिस्पोज गरेको हो। २७ गते  निर्वाचन खारेज गर्नुपर्ने मागसहित नेपाल कम्युनिस्ट पार्टीद्वारा  मसाल जुलुस प्रदर्शन गरिएको थियो। जिल्लाको विजयनगरमा मसाल जुलुस गरिएको थियो।

मङ्सिर २ गते नेकपा (बहुमत) ,नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मशाल) कपिलवस्तुले जितपुरमा निर्वाचनविरुद्ध मसाल जुलुस निकालेको थियो।

यस्ता क्रियाकलाप देखिएपछि सुरक्षानिकायले जिल्ला सुरक्षा संवेदनशीलतालाई थप मजबुत बनाएको छ। २३५ मतदान स्थलमा ४७३ मतदान केन्द्र कायम गरिएको छ। सुरक्षा स्थितिलाई हेरेर २८ मतदान स्थललाई अति संवेदनशील, १०७ लाई संवेदनशील सूचीमा राखिएको छ। मोबाइल बेस,रिजर्भ फोर्स लगायत व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक मीन घलेले बताए।

निर्वाचनमा १५ सयभन्दा बढी प्रहरी र २ हजार ५ सय म्यादी प्रहरी परिचालन गरिएको छ। जिल्ला डीएसपी घलेले निर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत रहेकाले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP