Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

रोमानिया पठाइदिन्छु भन्दै २१ लाखभन्दा बढी ठग्‍ने पक्राउ

१८ पुष, काठमाडौं : रोमानिया पठाइदिन्छु भन्दै २१ लाखभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखा जिल्ला मेलुङ गाउँपालिका-२ घर भई काठमाडौं बाङगेमुढा बस्ने ५० वर्षीय ढालबहादुर बुढाथोकी छन्। उनलाई प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले आज दिउँसो असनबाट पक्राउ गरेको हो।

उनले मिलन नेपालीसमेत १४ जनालाई वैदेशिक रोजगारीको लागि रोमानिया पठाइदिन्छु भन्दै प्रतिव्यक्ति छ लाख रुपैयाँका दरले ठगी गरेका थिए।

रोमानियामा फुड प्याकिङमा काम हुन्छ र मासिक तलब एक लाख हुन्छ भनी उनले विश्वास दिलाई प्रलोभनमा पारी पीडितहरुबाट पटकपटक गरी जम्मा एक्काइस लाख छत्तिस हजार रुपैयाँ रकम लिई फरार भएका थिए।

पक्राउ परेका बुढाथोकीलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP