Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

कञ्चनपुरमा गेष्ट हाउसबाट हेरोइनसहित युवक पक्राउ

धनगढी : कञ्चनपुरको महेन्द्रनगरमा प्रहरीले खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ। भीमदत्त नगरपालिका-१५ बस्ने ३० वर्षीय भुवन साहु बुधबार भीमदत्त-४ बसपार्कस्थित सुदूरपश्चिम गेष्ट हाउसबाट पक्राउ परेका हुन्।

प्रहरी वरिष्ठ नायब निरीक्षक केशव जोशी नेतृत्वको लागुऔषध ब्यूरो महेन्द्रनगर शाखा कार्यालयको टोलीले उनको साथबाट ३४.१ ग्राम हेरोइन बरामद गरेको हो। साहुले लगाएको ज्याकेटभित्र दाहिने खल्तीमा सेतो प्लाष्टिकभित्र लुकाई राखेको ५ पुरिया हेरोइन बरामद गरिएको हो।

उनको साथबाट भारतीय आठ हजार रुपैयाँ, एक थान मोबाइल पनि बरामद गरिएको छ। बसपार्कस्थित गेष्ट हाउसमा लागुऔषध बिक्री भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले अपरेसन शुरु गरेको थियो।

घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP