Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

सन् २०२४ : विश्वभर १२२ जना पत्रकारको हत्या, ५१६ जना जेलमा

काठमाडौं : यो वर्ष विश्वभर करिब १२२ जना पत्रकारहरूको मृत्यु भएको छ। मध्यपूर्वमा थपिएको युद्धका सबैभन्दा धेरै पत्रकारहरूको हताहाती भएको छ। विशेष गरेर प्यालेस्टान लेबनान र सिरियामा पत्रकाहरू मारिनेको संख्या उल्लेख्य रहेको छ।

अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे) ले ३१ डिसेम्बरमा जारी गरेको विज्ञप्तिमा सबैभन्दा धेरै प्यालेस्टानइनमा मारिएको छ। विज्ञप्तिमा भनिएअनुसार प्यालेस्टाइनमा ६२ जनाले ज्यान गुमाएका छन्। इण्डोनेसिया, चाड, कम्बोडिया, हाइटी, फिलिपिन्समा एक/ एकजना, सोमालिया र कोलम्बियामा दुई-दुई, भारत र इराकमा तीन तीन जना, युक्रेनमा चार, मेक्सिको, पाकिस्तान र बंगलादेशमा पाँच पाँच, सुडान र लेबनानमा ६/ ६ जना रहेका छन्।

जेलमा मात्र ५१६ जना पत्रकार र मिडियाकर्मी

आईएफजेका अनुसार विश्वभरमा ५ सय १६ पत्रकार र मिडिया कर्मचारीहरू जेल जीवन जिउन बाध्य छन्। सबैभन्दा धेरै एसिया प्यासिफिकमा जेलमा छन्। २५४ जेलमा हुँदा युरोपमा १४२ जना रहेका छन्।

यस्तै मध्यपूर्व र सिरिया क्षेत्रमा १०१ जना रहँदा अफ्रिकामा १७ जना रहेका छन्। अफ्रिकामा १७ र ल्याटिन अफ्रिकामा १ जना जेलमा रहेका छन्। जारी विज्ञप्तिमा अजरवैजान २५, जर्जिया १, टर्की २०, युक्रेन २८, बेलारुस ३८, रूस २०, मंगोलिया १, म्यान्मार ४४, चिन १२७, हङकङ ८, बंगलादेश ९, काजकास्तान २, किर्गिस्तान ४, ताजिकिस्तान ५, तुर्केमेनिस्तान १, उज्वेकिस्तान १, भारत ५, फिलिफिन्स १, नेपाल १, पाकिस्तान २, कम्बोडिया १, श्रीलंका ४, अफगानिस्तान २, भियतनाम३६, ग्वाटेमाला १, इजरायल ५९, यमन ७, इरान ७, ट्युनिसिया ५, इजिप्ट २४, बुरूण्डी १, क्यामरून १, कंगो १, इरिट्रिया ७, इथियोपिया ३, नाइजेरिया ४ पत्रकाहरू जेलमा रहेका छन्।

नेपालमा पत्रकारको चुनौती वर्ष

सन् २०२४ प्रेस स्वतन्त्रता तथा पत्रकार सुरक्षाको सवालमा चुनौतीपूर्ण वर्ष रह्यो।

समाचार लेखेको तथा सूचना मागेका कारण पत्रकारमाथि धम्की दिने, गिरफ्तार र हत्या गर्ने सम्मका घटनाका कारण प्रेस स्वतन्त्रताको सवालमा यो वर्ष चुनौतीपूर्ण देखिएको तथ्याङ्क छ।

नेपाल पत्रकार महासंघ, सञ्चार अनुगमन शाखामा यो वर्ष प्रेस स्वतन्त्रता हननका ६० वटा घटना अभिलेख भएका महासंघले जनाएको छ। विगतका वर्षको तुलनामा यस वर्ष प्रेस स्वतन्त्रता हननका घटना वृद्धि भएको छ।

सन् २०२३ मा प्रेस स्वतन्त्रता हननका ५८ र सन् २०२२ मा ५३ वटा घटना अभिलेख भएका थिए। यस वर्ष प्रेस स्वतन्त्रता हननका ६० वटा घटना हुँदा ३४ जना महिला पत्रकार र एक सय १३ जना पुरुष पत्रकार पीडित भएका छन् भने १३ वटा सञ्चार संस्था प्रभावित भएका छन्।

राष्ट्रिय दलित पत्रकार संघ, कैलालीका सहसचिव सुरेश भुलको हत्या भएको घटनाको प्रारम्भिक रिपोर्ट हेर्दा उक्त घटना लक्षित हत्या भएको देखिन्छ। समाचार लेखेकै कारण ज्यान लिनेसम्को धम्की खेपिरहेका इटहरीका पत्रकार गोपाल दाहालका सम्बन्धमा महासंघले मिडिया मिसन खटाउनुपर्‍यो।

समाचार लेखेकै कारण राज्यको नेतृत्व तहमा रहेका तथा जनताको प्रतिनिधि भनिएकाबाट पत्रकारमाथि भएको धम्की, धरपकड तथा दुर्व्यवहारका घटना अत्यन्त निन्दनीय मात्र हैन लोकतन्त्रमाथिकै प्रहार भएको महासंघ ठहर छ।

सन् २०२४ मा नेपाली प्रेस जगतले अपेक्षाकृत प्रेससम्बन्धी कानून पाउन सकेन। लामो समयदेखि प्रतीक्षारत मिडिया काउन्सिल विधेयकले पूर्णता पाएको छैन।

यसबीचमा सरकारले सूचना प्रविधि विधेयक, सामाजिक सञ्जाल व्यवस्थापन तथा सञ्चालनसम्बन्धी विधेयक ल्याउने तयारी गरिरहेको छ।

महासंघले विगतदेखि नै सञ्चारसम्बन्धी कानुनलाई व्यवस्थित गर्न र संविधानको मर्मअनुसार कानुन निर्माण गर्न सरकारलाई आग्रह गर्दै आएको छ। महासंघ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारको भौतिक तथा व्यावसायिक सुरक्षामा प्रतिबद्ध रहेको छ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनामा सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन महासंघले सरकारसँग जोडदार माग गरेको महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

साथै, महासंघले सरकारले ल्याउने प्रेससम्बन्धी कानुन प्रेस स्वतन्त्रताका विश्वव्यापी मान्यता र संवैधानिक प्रावधानका आधारमा मिडियामैत्री बनाउनसमेत सरकारलाई आग्रह गरेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP