काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि)मा पुन: धर्ना सुरू भएको छ। त्रिवि रेक्टर कार्यालय अगाडि विभिन्न माग राख्दै मंगलबारदेखि पाँच संगठनले धर्ना राखेका छन्।
अखिल (क्रान्तिकारी),अनेरास्ववियू,अखिल छैठौँ,अखिल समाजवादी र नेपाल समाजवादी विद्यार्थी युनियनले संयुक्त रूपमा १० बुँदे माग राखेर धर्ना बसेको छ। मागहरू पूरा नहुन्जेलसम्म धर्ना जारी रहने ती विद्यार्थी संगठनहरूले जनाएका छन्।
मेरिटोक्रेशीको आधारमा क्याम्पस/विभागीय प्रमुखहरू विनाशर्त नियुक्ति गर्नुपर्ने,अध्ययन बिदा लिई विदेश गएका र स्वदेश नफर्किने प्राध्यापक र कर्मचारीहरूको एकिन विवरण सार्वजनिक गरी उक्त अवधिको सेवा, सुविधा, तलब विश्वविद्यालयलाई फिर्ता गर्नुपर्ने र सम्बन्धित व्यक्तिलाई कारवाही गर्नुपर्ने उनीहरूकाे माग छ।
यस्तै, आशिक करार सेवामा कार्यरत शिक्षक तथा कर्मचारीहरूलाई आन्तरिक प्रक्रियाबाट स्वतः स्थायी गर्ने प्रक्रिया बन्द गर्नुपर्ने लगायत उनीहरूका माग छन्।
केही दिनअघि मात्रै दुई हप्ता भन्दा बढी समयसम्म धर्ना बसेका त्रिवि स्ववियु सचिव एवं एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु त्रिविका अध्यक्ष सिद्धान्त भट्ट र त्रिवि बीच सहमति भएको थियो। उनले ३५ बुँदे माग राखेर त्रिवि उपकुलपति कार्यालय अगाडि धर्ना बसेका थिए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया