Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

बाल कलाकार सचिन परियारको मृत्यु

काठमाडौं : बालगायक सचिन परियारको मृत्यु भएको छ। १३ वर्षीय परियारको स्वास्थ्यमा जटिल समस्या देखिएपछि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा आज बिहान उनको मृत्यु भएको बताइएको छ।

उनको मृत्यु भएको ​ इसा फाउन्डेसनका सचिव कमल सरगमले फेसबुकमार्फत जानकारी गराएका छन्। उनले लेखेका छन्, ‘बिहीबार बिहान १० बजे परियारको निधन भएको सचिनका बुबा तेजेन्द्र परियारले जानकारी दिएका छन्।’

सचिनको उपचारमा आर्थिक समस्या परेपछि रकम संकलन गरेर उपचार थालिएको थियो।

गुल्मीका सचिन केही समय सोसल मिडियाको हरेक प्लेटफर्ममा हिट भएका थिए। उनलाई नेपालीहरूले प्रशस्तै आर्थिक सहयोग पनि गरेका थिए। तर उनका बुबा तेजेन्द्रले आर्थिक हिनामिना गरेको भन्दै सर्वत्र आलोचना पनि हुने गरेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP