Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

‘कुनै मानवीय क्षति भएको छैन, अन्य क्षतिको विवरण संकलन हुँदै छ’

काठमाडौँ : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपालमा आज विहान गएको भूकम्पबाट अहिलेसम्म कुनै मानवीय क्षति नभएको जानकारी दिएको छ। आज प्राधिकरणले विज्ञप्ति जारी गर्दै अन्य संरचनामा क्षति पुगेको र यसको विवरण भने संकलन गरिरहेको जनाएको हो।

छिमेकी राष्ट्र चीनको तिब्बत (सिजाङ) स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्रबिन्दु बनाएर गएको ७.० म्याग्निच्युडको भूकम्पको धक्का नेपालमा पनि महशुस गरिएको छ।

नेपालको स्थानीय समयअनुसार आज विहान ६:५० बजे गएको भूकम्पबाट नेपालका उत्तरपूर्वी तथा मध्य क्षेत्रमा कम्पन महशुस गरिएको थियो।

‘उक्त भूकम्पबाट नेपालमा हालसम्म कुनै मानवीय क्षति भएको जानकारी प्राप्त भएको छैन,’ विज्ञप्तिमा उल्लेख छ, ‘भूकम्पको केन्द्र नजिकका उत्तरपूर्वी जिल्लाका केही भवन संरचनामा सामान्य क्षति पुगेको खबर प्राप्त भएका छन्, क्षतिको प्रारम्भिक विवरण संकलन भइरहेको छ।’

उक्त भूकम्पका परकम्पहरु निरन्तर आइरहेको र थप परकम्प आउनसक्ने भएकोले सम्भाव्य जोखिमलाई मध्यनजर गरी तयारी अवस्थामा रहन स्थानीय प्रशासन, सुरक्षा निकायलाई निर्देशन प्राधिकरणले जनाएको छ।

‘त्यस्तै सबै नागरिकलाई चनाखो रहन तथा कुनै खालको क्षति भएको भए आफ्नो स्थानीय तह, नजिकैका सुरक्षा निकाय वा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन आग्रह गर्दछौं,’विज्ञप्तिमा उल्लेख छ।

आजको यो भूकम्पबाट तिब्बत (सिजाङ) स्वशासित क्षेत्रमा निधन हुनेको संख्या ९५ पुगेको छ भने घाइते हुनेको संख्या १३० जना पुगेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP