काठमाडौँ : देशका विभिन्न स्थानमा आज भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको छ।
सल्यान, छत्रेश्वरी गाउँपालिका १ मयनीस्थित सडकमा भालुमारेबाट मयनीतर्फ जाँदै गरेको लुप्र ०२-००१ त ००१२ नम्बरको ट्याक्टर बुधवार बिहान दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ४९ वर्षीय क्षेत्रबहादुर खत्रीको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ।
उता बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १७ ढोडेगाउँस्थित सडकमा युपि ४० एएफ २०४४ नम्बरको मोटरसाइकल र ने १ ह ३६८१ नम्बरको ईरिक्सा एकआपसमा ठक्कर खाई बुधवार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक जानकी गाउँपालिका ३ बढैया बस्ने ५० वर्षीय निजमुद्दिन खानको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङहोम नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो। ईरिक्सा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यस्तै दाङको तुल्सीपुर उपमहानगरपालिका ५ बसपार्कस्थित सडकमा वीरेन्द्रचोकबाट बसपार्कतर्फ जाँदै गरेको लु प्र ०२-००१ ख ४४ नम्बरको बसको ठक्करबाट हाल परिचय नखुलेकी अन्दाजी ३६ वर्षीया महिलाको बुधबार दिउँसो मृत्यु भएको छ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया