काठमाडौं : सिन्धुपाल्चोकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि आफन्त र स्थानीयले क्षतिपूर्तिको माग गर्दै लामोसाँघु–जिरी सडकखण्ड अवरुद्ध पारेका छन्। क्षतिपूर्ति लगायतका माग पूरा नहुँदासम्म शव नउठाउने अडान राख्दै उनीहरुले हिजोदेखि नै सडक अवरुद्ध बनाएका हुन्।
अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको तथा वैकल्पिक बाटोमार्फत सवारी साधनहरु गन्तव्यतर्फ गइरहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए। हिजो दोलखाबाट काठमाडौं आउँदै गरेको ट्रकले लामोसाँघु जिरी सडक खण्डअन्तर्गत आठ किलो नजिकै विपरीत दिशाबाट जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो।
ट्रकको ठक्करबाट मोटरसाइकलमा आगलागी हुँदा सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका ७ डाँडापाखरका दावा छिरिङ लामाको जलेर मृत्यु भएको थियो।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया