Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

बाघको आक्रमणबाट एक वृद्धाको मृत्यु

 

नेपालगन्ज : बाघको आक्रमणबाट बाँकेमा एक वृद्धाको मृत्यु भएको छ।

बाँकेको राप्ती सोनारी गाउँपालिका–८ सम्शेरगन्जस्थित ओभरीमा रहेको भगवती सामुदायिक वन उपभोक्ता समूहको जंगलमा दाउरा काट्न गएकी स्थानीय ६७ वर्षीया चेती बुढाको बाघको आक्रमणबाट मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार बुधबार बिहान करिब ११ बजेतिर उनी दाउरा काट्न भन्दै घरबाट निस्केकी थिइन्। घरबाट करिब २ किलोमिटर टाढा रहेको सामुदायिक वन समूहको जंगलभित्र दिउँसो बाघले आक्रमण गरेर उनलाई मारेको थियो।

स्थानीयका अनुसार खोजीका क्रममा उनको शव साढे ३ बजेतिर फेला परेको थियो। मृतकको शवलाई पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्जमा राखिएको प्रहरीले जनाएको छ।

घटनास्थल बाँके राष्ट्रिय निकुञ्जसँगै जोडिएको सामुदायीक वन हो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP