बैतडी : बैतडीमा जीप दुर्घटना हुँदा बैतडीमा छ जना गम्भीर घाइते भएका छन्।
शनिबार बिहान ६ बजे सिगास गाउँपालिका-१ मारुमा सु.प्र.प्र. ०१००१ च ४०२८ नम्बरको जीप दुर्घटना हुँदा एकै गाउँका ६ जना घाइते भएका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।
सिगास-१ इराना घर भएका १४ वर्षीया जयन्ती धामी, ४० वर्षीया तुलसी धामी, १६ वर्षीया निरा धामी, १९ वर्षीया पावर्ती धामी, १८ वर्षीया कमला धामी र १४ वर्षीया धौली धामी घाइते भएका हुन्।
घाइते सबैलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ। चालक जयन्त बोहरा फरार छन्। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया